पर्यटन बोर्ड एसटीएलआरपीलाई तेस्रोपटक (पाटा) गोल्ड अवार्ड

काठमाडौं,भदौ १३ । नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) सँगको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) ले तेस्रो पटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) गोल्ड अबार्ड प्राप्त गरेको छ ।

प्यासिफिक ट्रावल एशोसिएसन (पाटा) को थाइल्याण्डमा बुधबार आयोजित कार्यक्रममा पाटका अध्यक्ष पीटर साइमनले (एसटीएलआरपी) परियोजनाका निमित्त प्रवन्धक धर्म दवाडीलाई अर्वाड हस्तान्तरण गर्नु भएको थियो ।

परियोजनाले कम्युनिटी बेस टुरिजममा २०२४ का लागि पाटा गोल्ड अवार्ड पदान गरिएको हो । परियोजनाले नेपालका सात प्रदेश ५८ जिल्ला तथा ८५ वटा नगर/गाउँ पालिकाहरुसंगको सहलगानीमा विभिन्न स्थानमा पर्यटकीय गन्तव्य निर्माण गरि पर्यटन रोजगारीका अवसरहरू सिर्जना र दिगो पर्यटन विकासमा क्षमता अभिवृद्धि गरेकोले यो अवार्ड प्राप्त गरेको हो ।

परियोजनाले यस अघि सन् २०२२ र २०२३ मा पनि एसटीएलआरपी परियोजनाले (पाटा) गोल्ड अवार्ड प्राप्त गरेको थियो । एसटीएलआरपीले पर्यटनका माध्यमबाट महिला सशक्तिकरणमा गरेको पहलकदमी, दिगोपन तथा सामाजिक उत्तरदायित्वका लागि २०२३ मा पाटा गोल्ड अवार्ड र २०२२ मा टुरिजम डेस्टिनेसन रेसिलेन्सि विधाअन्तर्गत पाटा गोल्ड अर्वाड प्राप्त गरेको थियो ।

परियोजनाले निरन्तर पाटा अबार्ड प्राप्त गर्नुले परियोजनाले गरिरेहेका कामले पर्यटन क्षेत्रमा राम्रो योगदान गरेको र त्यसको मूल्याङ्कन स्वरुप अवार्ड प्राप्त भएको र यसले थपकार्य गर्न प्रोत्साहन मिलेको नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख नन्दिनी लाहे थापाले जानकारी दिनुभयो ।

परियोजनाले कोभिड-१९ पछि करिब १० हजार पर्यटन मजदुरहरुलाई अल्पकालिन रोजगारी सिर्जना तथा चार हजार जनालाई क्षमता अभिवृद्धिको तालिम प्रदान सहित सातै प्रदेशका विभिन्न पालिकामा पर्यटकीय गन्तव्य निर्माण गरिएकोले बोर्डका प्रबन्धक तथा राष्ट्रिय कार्यक्रम संयोजक श्रद्धा श्रेष्ठले जानकारी दिनुभयो ।

यो अवधीमा परियोजनाले महिलाहरुका लागि रिभर गाइड, यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुका लागि टे्रकिङ्ग गाइड, तथा सातै प्रदेशका १५० पालिकाहरुका लागि पर्यटन रणनीति निर्माण , १३० वटा विद्यालयहरुमा राष्ट्रिय दीगो पर्यटन क्लब गठन गरि पर्यटन जनचेतना अभिवृद्धिको कार्यक्रम तथा पर्यटनसंग सम्बन्धित विभिन्न निजी सरोकारवाला संस्थाहरुसंगको सहकार्यमा विभिन्न विधाका पर्यटन गाइड म्यानुयलहरु निर्माण
गरिएको परियोजनाका राष्ट्रिय कार्यक्रम निर्देशक श्रद्धा श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै सो अवसरमा नेपालको इन्ट्रिपीड डीएमसी नेपालले दीयो विकास तथा सामाजिक उत्तरदायित्व (सोसल रेस्पोन्सबिलिटी एण्ड सोसल रेस्पोन्सविलिटी) अवार्ड प्राप्त गरेको छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv