भरत पराजित
पेरिस ओलम्पिक, भदौ १४ गते । नेपालका भरतसिंह महता पेरिस पारालिम्पिक– २०२४ अन्तर्गत तेक्वान्दोको के– ४४ क्याटगोरीको पुरुष ५८ केजीमुनि बिहीबार पराजित भएका छन् ।
पेरिसस्थित ग्रान्ड पेलेसमा भएको राउन्ड अफ १६ को खेलमा पाँचौं विश्व वरीयताका जापानका मित्सुया तानाकाले भरतलाई १९–३ ले पराजित गरे । भरत विश्व वरीयताको ५७ औं स्थानमा छन् । हारसंगै भरत प्रतियोगिताबाट बाहिरिएका छन् ।
तेक्वान्दोमै पदकको आशा गरिएकी पलेशा गोबर्धनले के– ४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि तौलसमूहमा शुक्रबार नेपालको चुनौती प्रस्तुत गर्ने छिन् ।
भरत र पलेशासहित पारालिम्पिकमा नेपालबाट ३ खेलाडी सहभागी छन् । पौडीका भीमबहादुर कुमालले सेप्टेम्बर २ तारिखमा एस ९ क्याटगोरीको पुरुष ५० मिटर फ्रिस्टायलमा सहभागिता जनाउने छन् । भरत र भीम वाइल्ड कार्ड मार्फत पारालिम्पिकका लागि छनोट भएका हुन् । पलेशाले भने छनोट चरण पार गर्दैै पेरिस यात्रा पक्का गरेकी थिइन् ।