पर्यटन विभागको महानिर्देशकमा सहसचिव नारायणप्रसाद रेग्मी नियुक्त

काठमाण्डौं,भदौ १८ । सहसचिव नारायणप्रसाद रेग्मीले पर्यटन विभागको महानिर्देशकको जिम्मेवारी सम्हालेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तरगतको विभागको महानिर्देशकमा रेग्मी नियुक्त भएका हुन् । यसअघि महानिर्देशक रुद्रप्रसाद पण्डितको राष्ट्रिय योजना आयोगमा सरुवा भएका थिए । मन्त्रालयले रिक्त स्थानमा रेग्मीलाई पठाएको हो ।

महानिर्देशक रेग्मी विगतमा श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय, उद्योग वाािण्ज्य तथा आपूर्ति मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन लगायतका मन्त्रालयमा काम गरिसकेका सहसचिव हुन् ।

३१ साउनको मन्त्रिपरिषद् बैठकले सामान्य प्रशासनमाट उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएर आएका थिए ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv