कबड्डीको निर्णायक तथा प्रशिक्षक तालिम सुरु

काठमाण्डौं,भदौ २२ । अखिल नेपाल कबड्डी संघको आयोजनामा राष्ट्रिय निर्णायक तथा प्रारम्भिक प्रशिक्षक तालिम शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले तालिमको एक कार्यक्रमबीच उद्घाटन गरे । तालिममा ४५ निर्णायक तथा ४० प्रशिक्षक सहभागी छन् । दुवै तालिम लिनेको संख्या भने ७० रहेको कबड्डी संघका महासचिव अरविन्दकुमार झाले जनाएका छन् ।

सहभागीलाई प्रो कबड्डीका निर्णायक अजित, प्रो कबड्डीकै प्रशिक्षक श्रीनिवासन रेड्डी, महासचिव झालगायतले प्रशिक्षण दिने छन् । सैद्धान्तिक तालिम टेकु तथा व्यवहारिक तालिम त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुनेछ । तालिम भदौ २७ गतेसम्म चल्नेछ ।

कार्यक्रममा सदस्य–सचिव घिसिङले खेलाडीका रुपमा हासिल गर्न नसकेको उपलब्धी प्रशिक्षकका रुपमा पनि हासिल गर्न सकिने भएको हुँदा सहभागीलाई तालिमप्रति गम्भीर हुन सुझाउदै कबड्डीको ट्रेनिङ सेन्टरका लागि आवश्यक पर्ने जग्गा र डिपीआर यसै वर्ष तयार गर्ने गरी तत्काल प्रकृया अगाडि बढाउने प्रतिबद्धता जनाए ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv