नक्कली सुन देखाई ठगी गर्ने पक्राउ
काठमाडौँ, ७ बैशाख । सुनजस्तो देखिने धातुलाई सुन हो भनी ठगी गर्ने भक्तपुर सल्लाघारी बस्ने रामेछाप दोरम्बा गाउँपालिका–७ का ३० बर्षीय अजय तामाङ र २५ बर्षीय बिष्णु मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले मंगलबार तामाङलाई कोटेश्वरबाट र मोक्तानलाई स्वयम्भू बनस्थली मार्गबाट पक्राउ गरेको हो ।
उनीहरुले गत पुस २३ गते भक्तपुर सूर्यबिनायक बस्ने काभ्रे बनेपा नगरपालिका–७ का राजेन्द्र थापालाई नागर्जुन नगरपालिका–६ सेतो गुम्बा जाने बाटोमा १ केजी सुन जस्तो देखिने धातुलाई सुन हो भनी विश्वास दिलाई सस्तोमा दिन्छु भनी २८ लाख ६० हजार रुपैयाँ ठगी गरी फरार भएका थिए ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ । ( श्रोत:- समाचार नेपाल प्रहरी फेसबुक )