एट्टिक इन होटेल एण्ड रिसोर्टको औपचारिक शुभारम्भ

काठमाण्डौं,असोज १ गते । एट्टिक इन होटेल एण्ड रिसोर्टको औपचारिक शुभारम्भ भएको छ । मंगलबार काठमाण्डौको गौशालामा रहेको  रायन एण्ड इभेन्ट्स होटेलमा पर्यटन बोर्डका उपाध्यक्ष कमल सापकोटा र हानका अध्यक्ष बिनय शाह ले संयुक्तरुपमा सफ्टवेर क्लिक गरी कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो ।

शुभकामना मन्तब्य दिदै  अतिथि  पर्यटन बिभागका कार्यकारी प्रमुख डा. नारायण प्रसाद रेग्मी ले एट्टिक इन होटेल एण्ड रिसोर्टका सिर्जना कर्ता र समुहलाई बधाई दिनु भयो । ‘जुन उदेश्यका साथ यो शुभारम्भ भएको छ ,यसले सफलता प्राप्त गरोस । भन्नु भयो । पर्यटन क्षेत्रको प्रवर्द्धनमा,बिकासमा जिम्मेवारी पाएको एउटा निकाएको ब्यक्तिको हैसियतले यहाँहरुको जुन बाटो छ त्यो बाटोमा यसको काममा संरक्षण गर्ने, प्रवर्द्धन गर्ने,सहजिकरण गर्ने प्रतिबद्धता ब्यक्त गर्दछु ।’भन्नु भयो ।

‘जनजनमा मनमनमा नेपालको पर्यटन क्षेत्रको बिकासमा यसको टेवा अथाह छ । यसको सम्बर्दन गर्न सक्यौं भने यसको उच्चतम लाभ हामीले प्राप्त गर्न सक्छौं । तर पर्यटन क्षेत्रबाट जे जति लाभ लिन पर्ने हो त्यो लिन सकिरहेका छैनौं । ‘ भन्नु भयो ।

चिफ स्ट्याटेजी अफिसर सोमनाथ सापकोटाले एट्टिक इन होटेल एण्ड रिसोर्ट एक ब्राण्ड हो जसले फेन्चाइज मोडलमा सेन्टर रिजर्बेसन सिस्टम को माध्यमबाट मझौलाका साथै सबै प्रकारका होटेलहरुको ब्यवस्थापन,प्रवर्द्धन र बजार ब्यवस्थापन र गुणस्तर अभिब्रिद्धी गर्ने काम गर्ने बताउनु भयो ।

‘यसैगरी ट्रभियालिटी नेपाल प्रा लि ले पहिलो पटक संसारमा सर्वाधिक लोकप्रिय ब्राण्ड वेष्ट बेस्टनलाई पनि नेपाल भित्र्याउने अन्तिम तयारीमा जुटेको छ ।’ भन्नु भयो । ‘जसका लागि वेस्ट वेस्टन र ट्रभियालिटी प्राली बिच नेपालमा वेस्ट वेस्टन होटल एण्ड रिसोर्ट ब्यवस्थापन गर्ने सम्झौता सम्पन्न भई सकेको छ भने रायन एण्ड इभेन्ट्स र वेस्ट वेस्टन बिच पनि सम्झौता भाई वेस्ट वेस्टन प्लस काठमाण्डौको नामबाट आगामी अक्टोबरबाट औपचारिक रुपमा होटेल संचालनमा ल्याउने अन्तिम तयारीमा जुटेको छ । बताउनु भयो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष कमल सापकोटा,एनआरएन का सल्लाहकार अतुल कोइराला,होटल ब्यावसायी महासंघमा महासचिव शंकर भण्डारी लगायतका अतिथीहरुले शुभकामना ब्यक्त गर्नु भएको थियो ।

एट्टिकले नेपालको पर्यटन क्षेत्रमा देखिएका समस्या सम्बोधन गर्ने उदेश्य सहित प्रभासमा बसोबास गर्ने नेपालीहरुले आफ्नो ज्ञान सिप,तथा लगानीलाई स्वदेशमा उपयोग गर्दै पर्यटन क्षेत्रको माध्यमबाट नेपालको अर्थतन्त्रमा योगदान दिने ध्येयले बैदेशिक लगानी (एफडिआई) मार्फत ट्राभलिटी नेपाल प्रा लि स्थापना गरी हस्पिटालिटी क्षेत्रमा च्यानल म्यानेजर,प्रोप्रटी म्यानेज्मेन्ट सिस्टम,होटेलहरुको ब्यवस्थापनमा सहजिकरण,तालिम तथा परामर्श उपलब्ध गराउने जस्ता काम नेपालका ३ दर्जन भन्दा बढी होटेलहरुमा गरीरहेको प्रेस बिज्ञप्तीमा उल्लेख गरेको छ ।

ट्राभियालिटी नेपालले होटेलहरुको सेवा सुबिधा सुधार गरि बिद्यमान ३० प्रतिशत देखी ४० प्रतिशतको हाराहारीमा रहेको अकुपेन्सी दरलाई सुधार गर्ने उदेश्य सहित एट्टिक इन होटेल एण्ड रिसोर्टको सुरुवात भएको भनेको छ ।

यस ब्राण्डका तीन प्रकारका सब ब्राण्ड रहेको छ ।

पहिलो- ATTIC INN EXPRESS : जस्ले पर्यटक  स्तरिय होटेलहरुको ब्यवस्थापन गर्नेछ । दोस्रो – ATTIC INN :  जस्ले तारे होटेल ( २ तारे सम्म)का होटेलहरुको ब्यवस्थापन गर्ने छ । त्यसैगरी तेस्रो – ATTIC INN PLUS : उच्च स्तरका तारे होटेलहरुको ब्यवस्थापन गर्ने । जनाइएको छ ।

एट्टिक इन (ATTIC INN)  आँफैमा एउटा बुकिङ इन्जिन पनि हो । यसले संसारका सबै खाले ओटीए सँग च्यानल म्यानेजरको माध्यमबाट सम्बन्ध राखी नेपालमा आउन चाहने सबै प्रकारका पर्यटक तथा ग्राहकका लागी पर्यटन सम्बन्धी सेवा र सुबिधा सहजरुपमा प्राप्त गर्ने सहजिकरण गर्ने । बिज्ञप्ती उल्लेख गरिएको छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv