सहकारीको छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषदको निर्णय
काठ्माण्डौ,असोज २ । सरकारले सहकारीको रकम अपचलनसम्बन्धी छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालय पठाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
यस्तै कार्यदलले बुझाएको सरकारको साझा संकल्प तथा नीतिगत प्रतिबद्धता पनि आजको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ ।