राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुन अमेरिका जाने
काठमाडौं,असोज ३ गते । राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) का अध्यक्ष तथा राष्ट्रिय समाचार समिति (रासस)का वरिष्ठ फोटो पत्रकार प्रदीपराज वन्त संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका जाने भएका छन् । उनी नेपालका फोटो पत्रकारहरूको प्रतिनिधित्व गर्दै शुक्रबार बिहान त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्।
विगत डेड दशकदेखि फोटो पत्रकारितामा सक्रिय वन्त फोटो पत्रकारिताका हरेक विधामा फोटोग्राफी गर्न अब्बल मानिन्छन् । उनले जलवायु परिवर्तन, मानवअधिकार र दिगो विकास जस्ता विश्वव्यापी मुद्दाहरूमा केन्द्रित रहेर सम्मेलनको मुख्य क्षणहरू तस्बिरमा दस्तावेज साथै रासस मार्फत नेपाली मिडियालाई तस्बिरको सेवा प्रदान गर्नेछन् ।
उनको सहभागिताले अन्तर्राष्ट्रिय मामिलामा नेपालको संलग्नता र विश्वव्यापी रुपलाई आकार दिन फोटो पत्रकारिताको बढ्दो प्रभावलाई प्रकाश पार्नेछ। राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षको रूपमा उनको भूमिकाले पेशाको पक्षमा वकालत गर्न र देशभरका फोटो पत्रकारहरूलाई सशक्त बनाउन मद्दत गर्नेछ ।
पत्रकार वन्त यस अगाडि ७८ औं महासभामा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अफिसियल फोटो पत्रकारको रूपमा सहभागी भएका थिए ।
७९ औं महासभा सेप्टेम्बर २१ देखि ३० सम्म अमेरिकाको न्युयोर्कमा हुनेछ।