दुर्गा प्रसाईंलाई १० दिन हिरासतमा राख्न सरकारी वकिलको अनुमति माग

काठमाण्डौं,असोज ६ । विद्युतीय अपराध कारोबार ऐन विपरीतको कसुर गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई प्रहरीले आइतबार नै अदालतमा हाजिर गराएको छ ।

भक्तपुरस्थित घरबाट पक्राउ परेका प्रसाईंलाई आइतबारै अदालतमा हाजिर गराएर थप अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति लिने तयारी प्रहरीले गरेको हो ।

प्रहरीको साइबर ब्यूरोका प्रमुख डीआईजी नविन्द अर्यालले प्रसाईंलाई आइतबारै अदालतमा उपस्थित गराइएको बताए । प्रहरीका अनुसार, उनलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति माग्ने तयारी छ ।

सरकारी वकिलको कार्यालयका प्रमुख सन्देश श्रेष्ठले भने  ‘हामीले १० दिन हिरासतमा राख्न अनुमति माग्छौं, अदालतले कति दिन्छ त्यस बेलै थाहा हुन्छ ।’



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv