चियाको सम्भावना र भविष्य – नवीन चापागाईं

इलाम,असोज १० । नेपालमा चियाखेतीको इतिहास निकै पुरानै छ । नेपालमा चिया खेती हुन थालेको डेढ शताव्दी भइसकेको छ । वि.सं. १९२० मा कर्णेल गजराज सिंह थापाले चीनबाट उपहारस्वरुप प्राप्त भएको चियाको विरुवा इलामा रोपेपछि नेपालमा नेपालमा चियाखेतीको सुरुवात भएको हो । कर्णेल थापा जंगबहादुर राणाका ज्वाई हुन् । थापाले जंगबहादुरकी जेठी छोरी वदनकुमारीसँग विहे गरेका थिए । चिनिया सम्राटबाट उपहारमा प्राप्त भएको चियाको विरुवा जंगबहादुरको आदेश इलामका तत्कालिन बडाहाकिम तथा कर्णेल गजराजलाई भएपछि नेपालमा चिया खेतीको औपचारिक सुरुवात भएको देखिन्छ ।

थापाले वि.सं. १९२० मा इलाम चिया कमान र त्यसको २ वर्षपछि झापाको फाँटमा सोक्तिम चिया कमानको स्थापनाबाट नेपालमा चिया खेती विस्तार हुँदै गयो । यही समय भारतको दार्जिलिङमा पनि चिया खेती प्रारम्भ भइसकेको थियो । भारतमा चिया खेती फस्टाइरहँदा नेपालमा भने जहाँनिया राणा शासनका अगाडि चिया खेती फस्टाउन पाएन । तर त्यही समय दार्जिलिङको चिया खेतीले भने व्यापकता पाउँदै गयो र ब्राण्ड नै स्थापित गर्यो ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv