अन्नपूर्ण प्रथमलाई अन्तर्राष्ट्रिय पर्वतीय पर्यटन सम्मेलनमा विश्वव्यापी मान्यता प्राप्त

काठमाण्डौ,असोज ११ गते । चीनको ग्वानजाउ (Guizhou) प्रान्तको शिङ्गई शहरमा आयोजित इन्टरटरनेशनल माउण्टेन टुरिजम एण्ड आउटडोर स्र्पोटस कन्फ्रेन्स -International Mountain Tourism and Outdoor Sports Conference) मा नेपालको “अन्नपूर्ण प्रथम”लाई विश्व प्रसिद्ध पर्यटकीय “World Famous Tourism Mountain” को रुपमा छनौट गरी मान्यता प्रदान गरिएको छ ।

३८ देशका १९९ भन्दा बढी संगठनहरूको अन्तर्राष्ट्रिय सञ्जाल International Mountain Tourism Alliance (IMTA), ले अन्नपूर्ण प्रथम उक्त प्रतिष्ठित मान्यता प्रदान गरेको हो, जसले अन्नपूर्ण प्रथमको प्राकृतिक सुन्दरता, जैव विविधता र सांस्कृतिक महत्वलाई मान्यता दिएको छ ।

उक्त समारोहमा नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाटा) का अध्यक्ष कुमारमणि थापालियाले संघको तर्फबाट उक्त सम्मान ग्रहण गर्नुभएको थियो । ईस्वी १९६६ मा स्थापना भएको नाटाले नेपालभरका १ हजार १०० भन्दा बढी टुर एजेन्सीहरू र टुर अपरेटरहरूलाई प्रतिनिधित्व सहित दीगो पर्यटन विकासलाई प्रवर्द्धन, नीतिगत संरचना तथा अनुसन्धान गर्ने लगायत नैतिक व्यवसायिक अभ्यासहरूको वकालत गर्दै आईरहेको छ ।

नेचुरल ओरियन्टेश श्रेणी अन्तर्गत प्रस्तुत गरिएको यो पुरस्कारले अन्नपूर्ण वानलाई ट्रेकर, पर्वतारोहीहरू र प्रकृतिप्रेमीहरूको लागि विश्वव्यापी गन्तव्यको रूपमा मनाउनका लागि समर्पित गरिएको छ ।

८ हजार ९१ मिटर उचाइमा रहेको यो पर्वत, यसको मनमोहक दृश्य र चुनौतीपूणर् मार्गहरूको लागि प्रख्यात छ । क्ष्ःत्ब् ले उक्त सम्मेलन “Tourism & Peace” को मूल नारा सहित विश्वका ३८ देशबाट ४०० जना भन्दा बढी सहभागीहरूको स्वागत सहित पर्वतीय पर्यटन विकासमा अन्तर्राष्ट्रिय सहयोगको महत्वलाई उजागर गरेको थियो ।
अन्नपूर्ण प्रथमको यस मान्यताले यसको प्राकृतिक महिमा भन्दा पर जान्छ र नेपालका संरक्षण प्रयासहरूलाई पनि विश्व सामु उजागर गर्दछ । विशेष गरी अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना -ACAP_ मार्फत, देशको सबैभन्दा ठूलो संरक्षित क्षेत्र हो र जसले वातावरणीय संरक्षण र स्थानीय सामाजिक-आर्थिक विकासबीचको सन्तुलनको प्रवर्द्धन गर्दछ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv