सप्तकोसीमा पानीको बहाव बढ्ने क्रम अझै रोकिएन

काठमाण्डौ,असोज १२ गते । सप्तकोसीमा पानीको बहाव बढ्ने क्रम अझै रोकिएको छैन । साँझ ७ बजेको मापन अनुसार पानीको बहाव ५ लाख ७९ हजार ३९० क्युसेक पुगेको छ । यो सन् १९६८ भन्दा यता कै धेरै हो ।

सप्तकोसीमा पानीको बहाव बढ्दै जाँदा पुल माथिबाटै पानी बग्न थालेको छ । ब्यारेजका ५६ वटै ढोका खुला गरिएको छ । ब्यारेज क्षेत्रमा आवागमन पूर्ण रूपमा बन्द गरिएको छ । यसअघि सन् १९८७ मा ५ लाख २३ हजार ७ सय ७१ क्युसेक मापन गरिएको थियो । भारतीय पक्षले कोसीमा बाढीको बहाव प्रतिसेकेन्ड ६ लाख ८१ हजार ६ सय ३९ क्युसेक पुग्न सक्ने पूर्वानुमान गरेको छ ।

सप्तकोसी नदीको पानीको बहाव बढ्दै जाँदा जोखिम पनि बढ्दै गएको छ । पानीको सतह र बहाव बढेपछि ब्यारेजको दुवैतर्फ रातो बत्ती बालेर खतराको सङ्केत दिइएको छ ।

आज बिहान साढे ८ बजेको मापनअनुसार कोसीमा पानीको बहाव ४ लाख १८ हजार २ सय ८५ क्युसेक प्रतिसेकेन्ड थियो भने बिहान ७ बजे ३ लाख ८१ हजार ८ सय १० क्युसेक प्रतिसेकेन्ड मापन गरिएको थियो । पानीको बहाव तीव्र गतिमा बढिरहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

भारतीय पक्षले ७ लाख क्युसेक बहाव पुग्ने अनुमान गर्दै सतर्क रहन आफ्ना जनतालाई सूचित गरेको छ ।

बिहार सरकार अन्तर्गतको विभागले विज्ञप्ति जारी गर्दै शनिवार मध्याह्न १२ बजेसम्म वीरपुरस्थित कोशी ब्यारेजमा ६ लाख ८१ हजार क्युसेक जलप्रवाह हुने अनुमान गरेको हो । यदि विभागले जारी गरे अनुरूपकै स्थितिको जलसतह पुगेमा त्यसले नसोचेको ठुलो क्षति निम्त्याउने खतरा हुने बताइएको छ ।

बिहारले आफ्ना जिल्ला प्रशासनहरूलाई पनि सतर्क रहन र आवश्यक सावधानीका उपाय अपनाउन निर्देशन दिएको छ । विशेषगरी, तटबन्धनजिक बसोबास गर्ने नागरिकहरूलाई सूचित गर्न र उचित कदम चाल्न भनिएको छ । साथै, बाढी प्रभावित क्षेत्रहरूमा नियमित गस्ती गर्न पनि निर्देशन दिइएको छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv