हाल सञ्चालनमा रहेका सबै परीक्षाहरू स्थगित गर्ने सरकारको निर्णय

काठमाण्डौं,असोज १२ गते । सरकारले हाल सञ्चालनमा रहेका सबै परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको आपत्कालीन समन्वयात्मक बैठकले उक्त निर्णय गरेको हो ।

विपद् मा परेका नागरिकलाई उद्धार र राहतमा ध्यान दिनुपर्ने भएकाले सबै परीक्षाहरु स्थगित गरिएको बताइएको छ । मन्त्री गुरुङका अनुसार विपद्मा परेर घाइतेहरू भएकाहरूलाई सरकारले निःशुल्क उपचार गर्ने भएको छ ।

त्यस्तै, विपद् मा परी निधन भएकाहरूलाई दिनुपर्ने राहत रकम नियमअनुसार प्रदान गरिने मन्त्री गुरुङले बताए ।

 



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv