‘ब्रान्ड लजिक’ बोलकबोल प्रक्रियामा सहभागी हुँदै,५ करोड ९२ लाख रुपैयाँमा सो अधिकार प्राप्त
काठमाण्डौं,असोज १५ । ‘ब्रान्ड लजिक’ले नेपाल प्रिमियर लिग (NPL) को पहिलो संस्करणको रणनीतिक व्यावसायिक अधिकार प्राप्त गर्न सफल भएको छ । सोमबार एक बिज्ञप्ती जारी गर्दै बोलकबोल प्रक्रियामा सहभागी हुँदै,५ करोड ९२ लाख रुपैयाँमा सो अधिकार प्राप्त गरेको जनाएको छ ।
यस सम्झौतासँगै,ब्राण्ड लजिकले नेपाल प्रिमियर लिगको सम्पूर्ण ब्रान्डिङ, मार्केटिङ, प्रसारण, प्रायोजन र ग्राउन्ड ब्रान्डिङ व्यवस्थापनको जिम्मेवारी लिएको छ ।
नेपाल प्रिमियर लिगलाई नेपालभित्र मात्र सीमित नगरी अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउनु मुख्य उदेश्य रहेको जनाएको छ । यसले नेपाली क्रिकेटको भविष्यलाई थप उज्ज्वल बनाउने ब्राण्ड लजिकले विश्वास गरेको छ।
आफ्नो बिज्ञप्तीमा भनेको छ ‘यस यात्रामा तपाईं र तपाईँको संचार माध्यमको सहयोग र समर्थनको अपेक्षा राखेका छौ। यहाँको संचारमाध्यमले नेपाली खेलकुदको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको कुरा सर्वविदित नै छ। नेपाल प्रिमियर लिगको यात्रालाई दर्शकहरूसम्म पुर्याउन तपाईंहरुको निरन्तर साथ र सहयोग आवश्यक छ।’
लजिक ले थप सहकार्य गर्न इच्छुक रहेको र हालसम्म पाएको सहयोग र समर्थनका लागि आभारी रहेको जनाएको छ ।