राजधानीबाट जिल्लासम्म पुग्ने नौ वटा राजमार्ग पूर्णरूपमा अवरुद्ध

काठमाण्डौं,असोज २२ गते । चाडपर्व नजिकिँदै गर्दा राजधानीबाट जिल्लासम्म पुग्ने नौ वटा राजमार्ग भने पूर्णरूपमा अवरुद्ध छन् । दुई वटा राजमार्ग एकतर्फी सञ्चालनमा छन् । देशभरका धेरै सडकहरूमा ठाउँठाउँ अवरुद्ध छन् । अवरुद्ध हुने र तत्कालै खुलाउने गर्दैे यो पटकको दसैंमा घर जाने यात्रुहरू तुलनात्मक रूपमा लामो समय लगाएर जान बाध्य छन् ।

नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार, उपत्यकाको लेलेदेखि टीकाभैरव जाने बाटोमा अवरुद्ध भएको छ । पहिरो हटाएर यो एकतर्फी सञ्चालनमा ल्याइएको छ । यस्तै मध्यपहाडी लोकमार्गमा पर्ने तेह्रथुमको लालीगुराँस नगरपालिका तीनघरेमा सडक एकतर्फी सञ्चालनमा छन् ।

कान्ति लोकपथमा पर्नेे मकवानपुरको भीमफेदीमा अवरुद्ध हुँदा सडक पूर्ण रूपमा सञ्चालनमा आएको छैन । यस्तै बीपी राजमार्गमा पर्ने काभ्रेपाल्चोकको रोशी गाउँपालिकाको वडा नम्बर ८ ४ सय २० मा १२ किमि सडक अवरुद्ध हुँदा उक्त राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ । यस्तै सोही राजमार्गको रोशी गाउँपालिका— ११ को कालढुंगा र १२ को प्याकुरेल सडक अवरुद्ध हुँदा निकै दिनदेखि यात्रुहरूले दुःख पाइरहेका छन् ।

सिन्धुपाल्चोकमा पर्ने बाह्रबिसे तातोपानी सडक पनि पुर्ण रूपमा अवरुद्ध छ । उक्त सडकको भोटेकोशी— २ मा पहिरो खस्दा अवरुद्ध भएको हो । मन्थली नगरपालिका— ६ रामेछापमा रहेको रामेछाप- सिन्धुली सडकखण्ड पनि पहिरोको कारण पुर्ण रूपमा अवरुद्ध छ ।

अरनिको राजमार्गमा पर्ने काभ्रे पाँचखाल नगरापालिका— ५ हनुमानगढीमा पहिरो खस्दा उक्त सडक पूर्ण अवरुद्ध छ ।

पृथ्वी लोकमार्गमा पर्ने धादिङको बेनीघाट— ७ कृष्णभिरमा पहिरो खस्दा उक्त सडक पूर्ण अवरुद्ध छ । जयपृथ्वी राजमार्गमा रहेको बझाङको छबिसपाथीभेरा— १ बालुवाटारमा पहिरो जाँदा उक्त सडक पूर्ण रूपमा अवरुद्ध छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv