गौशाला धर्मशालामा महानगरको ब्यानर टाँग्न लाग्दा मारवाडी सेवा समितिले गर्‍यो बिरोध

काठमाण्डौं,असोज २३ गते । काठमाडौं महानगरपालिकाले पशुपति क्षेत्रको गौशाला धर्मशाला मारवाडी सेवा समितिको बोर्ड हटाएर आफ्नो बोर्ड राखेको छ ।

मारवाडी सेवा समितिले गरेको विरोधको बाबजुद महानगरको टोलीले बल प्रयोग गरेर काठमाडौं महानगरको बोर्ड राखेको हो ।

‘काठमाडौं महानगरपालिकाद्धारा सञ्चालित गौशाला धर्मशाला’ उल्लेख गरेको ब्यानर टाँग्न लाग्दा मारवाडी सेवा समितिका सदस्यहरूबीच र महानगर प्रहरीबीच घम्साघम्सी भएको थियो ।

महानगरपालिकाले आज पशुपति क्षेत्रको गौशाला धर्मशाला खाली गराउन ८ नम्बर वडाध्यक्ष आशमान संगत र नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको टोली धर्मशाला पुगेको थियो।

महानगर प्रहरीका प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार आज १० बजेसम्म गौशालाको धर्मशाला खाली गर्न मंगलबार नै माइकिङ भएको थियो ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv