साफ वुमन्स च्याम्पियनसिप २०२४ : भुटानसँग बराबरीमा रोकियो नेपाल

काठमाण्डौं,कार्तिक २ गते । साफ वुमन्स फुटबल च्याम्पियनशिप खेल अन्तर्गत आज भएको खेलमा नेपाल र भुटान ले बराबरीमा टुङ्गाएका छन ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल र भुटानले गोलरहित बराबरिमा खेल्दै अंक बाँडेको हो।

साफ वुमन्स च्याम्पियनसिप ईतिहासमा नेपाल पहिलो पटक भुटानलाई हराउन असफल रह्यो । साफमा कुनै पनि टिमसँग नेपालको यो पहिलो बराबरी हो । नेपाली गोल मेसिन सावित्रा भण्डारी साम्बा नहुँदा नेपाललाई गोल गर्नै संघर्ष भयो । यस खेलमा सावित्राको अभाव प्रष्ट देखियो ।

भुटान विरुद्ध नेपालका दुई खेलाडी घाईते हुँदै मैदान बाहिरिनु नेपालको लागि राम्रो रहेन।

पहिलो हाफको ईन्जुरी टाईममा हिरा कुमारी भुजेल र दोस्रो हाफमा दीपा शाहीलाई स्ट्रेचरबाटै बाहिर ल्याउनुपरेको थियो। पहिलो हाफमा नेपालको फिनिसिङ राम्रो नहुँदा गोल गर्न सकेन ।दोस्रो हाफमा नेपालले सुरुवातदेखि आक्रमण गरेपनि गोल निकाल्न सकेन ।

नेपालले पहिलो हाफमा गोल गर्ने केही अवसर पाएपनि फिनिसिङ चुस्त हुन नसक्दा अग्रता लिने अवसर गुमायो। पहिलो हाफमा नेपालको सुरुवात सुस्त रह्यो । नेपालको टिम कम्बिनेसमै समस्या देखिएको थियो । १५ मिनेटपछि भने नेपालले लगातार भुटानमाथि आक्रमण गरेपनि गोल गर्न सकेन ।

बराबरीपछि समूह ए मा दुवै टोलीले समान १ अंक जोडेका छन् । नेपालले अब सोमबार माल्दिभ्ससँग खेल्नेछ ।

 



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv