राष्ट्रिय यू–१७ फुटबल टोलीलाई विदाई
काठमाण्डौं,असोज ४ । अक्टोबर २३ देखि २७ सम्म हुने एएफसी यू–१७ एसियन कप छनोट प्रतियोगितामा सहभागी हुन कतार प्रस्थान गर्ने क्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय यू–१७ फुटबल टोलीलाई विदाई गरेको छ । नेपाल समूह ‘एफ’ मा परेको छ । जापान, कतार र मंगोलिया सँगै नेपाल समुह एफमा परेको हो ।
टोलीले आफ्नो उद्घाटन खेलमा अक्टोबर २३ मा जापानसँग खेल्नेछ भने अक्टोबर २५ मा आयोजक राष्ट्र कतारसँग खेल्नेछ ।नेपालले समूह चरणको अन्तिम खेल अक्टोबर २७ मा मंगोलियासँग खेल्नेछ ।
बिदाइ कार्यक्रममा प्रमुख अतिथि तथा वाग्मती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामा, एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई, कार्यसमिति सदस्य मनिष जोशी र मणिराज विष्टले टोलीलाई तिनीहरूलाई फूल माला र खादाले सम्मान गरी राष्ट्रिय झण्डा दिएको थियो ।
साथै एन्फाले सजन डंगोललाई एक घण्टामा अल्टरनेटिङ्ग खुट्टाले सबैभन्दा धेरै फुटबल छुने गरी गिनिज वल्र्ड रेकर्ड बनाएको भन्दै सम्मान गरेको छ । डंगोलले प्रभावशाली ९,२१८ टचका साथ कीर्तिमान बनाएको छ। कार्यक्रममा एन्फाले डंगोललाई ५० हजार नगद पुरस्कारको घोषणा पनि गरेको थियो ।
नेपाली टोलीः पेम्बा नुर्बु भोटे, रामबहादुर बोहरा, विशेष बानिया, प्रशान्त मोक्तान, सुजलमान घले, निशान राजलावोत, भुवन कामी, एकराज विश्वकर्मा, जोन विष्ट, सबिनया कटुवाल, अनुभव पुरी, लक्ष्मण थामी, विज्ञान खड्का, सुवास बाम (सी) , अलिक श्रेष्ठ, सविनकुमार लुङ्गेली मगर, रोहित श्रेष्ठ, सन्तोष गोङ्वा, रञ्जित लामा, तेन्जिङ शेर्पा, दिग्विजय शाही रहेका छन् ।
त्यस्तै पदाधिकारीमा मणिराज विष्ट (प्रतिनिधि प्रमुख), सनोज श्रेष्ठ (मुख्य प्रशिक्षक), बिजेन्द्र पुडासैनी (टिम म्यानेजर), धनेश्वर प्रजापति (सहायक प्रशिक्षक), प्रवीण खाछे श्रेष्ठ (जीके प्रशिक्षक), राजु डंगोल (टिम चिकित्सक), निशान्त जोशी (टिम) फिजियोथेरापिस्ट, धनकुमार लामा तामाङ (अधिकारी), कल्याणकुमार खड्का (अधिकारी), रामचन्द्र तामाङ लामा (अधिकारी), निलम महर्जन (मिडिया) रहेका छन् ।