जुम्ला पुगेर पुर्व प्रधानमन्त्रीले प्रचन्डले भने वर्तमान सरकार जनतामैत्री छैन
जुम्ला,कार्तिक ७ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको काम भ्रष्टाचारलाई प्रश्रय दिने र भ्रष्टचारीकाे बचाउ गर्ने भएकाे बताएका छन् ।
सोमबार जुम्लामा प्रेस सेन्टरले गरेको भेटघाटमा पूर्व प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारमा मुद्दा मुछिएका व्यक्तिबाट पार्टि कार्यालयकाे लागि जग्गा दान लिएर प्रधानमन्त्री आफैँले भ्रष्टचारीकाे बचाउ गरेकाे पुष्टि गरेको बताएका हुन् ।
संसदीय व्यवस्था भएका कुनै पनि देशमा दुई ठुला दल मिलेर सरकार बनाउने तेस्राे दललाई हटाउने गरेकाे ईतिहास छैन् । ओली नेतृत्वकाे एमाले-काँग्रेसकाे अप्राकृतिक ढंगबाट बनेकाे सरकारले भ्रष्टचार,अनियमिततालाई प्रश्रय दिने बाहेक अरु काम गर्न सकेकाे छैन् । सयदिन पुग्नै लाग्दा सरकारकाे स्प्रिडलेनै स्पष्ट पारेकाे छ ।
कनकासुन्दरी जनसभा र पार्टि प्रवेश कार्यक्रममलाई सबाेधन गर्न जुम्ला पुगेका अध्यक्ष प्रचण्डले भने,‘प्रधानमन्त्रीको काम भ्रष्टाचारलाई प्रश्रय दिने हो भन्ने कुरा आफैले पुष्टि गरेको स्थिति छ । हामी अझै सरकारका सयदिन हेरिरहेका छाै । सयदिनपछि विराेधका कार्यक्रम गर्छाै । हामीले मुद्दा लगाएका मान्छेबाट दान लिने नियतले भ्रष्टचारकाे प्रश्रय भएकाे स्पष्ट छ ।’
प्रचण्डले आफ्नो नेतृत्वको सरकारले समस्या समाधान र आर्थिक सम्मृद्धिका पक्षमा अन्तर्राष्ट्रिय रूपमा पनि इज्जत बढाउन संयुक्त राष्ट्रसंघदेखि छिमेकी देशसँग महत्त्वपूर्ण सहमति समझदारी गरेको बताए ।
आफूले आर्थिक, सामाजिक न्यायसहित र भ्रष्टाचारीमाथि कारबाही गर्न थालेपछि बुढानीलकण्ठ र बालकोटमा भूकम्प गएको भन्दै प्रचण्डले त्यो देखेर एमाले कांग्रेसले आफ्नो नेतृत्वको सरकार हटाएको बताए ।
कर्णाली आर्थिक तथा भाैतिक विकासका निम्ति सरकारमा हुँदा पनि नहुँदा पनि गम्भीर रुपमा लागि परेकाे उल्लेख गरे ।
पत्रकार सम्मेलनमा बाेल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले संसारभरी कतैपनि दुई ठुला दल मिलेर सरकार बनाएकाे इतिहास नभएकाे बताए ।
दुई ठुला दल मिल्ने तेस्राे दललाई पाँखा लगाएर अप्राकृतिक रुपमा बनेकाे ओली सरकारकाे नियत भ्रष्टचारी बचाउमा रहेकाे उनकाे भनाई छ ।
उनले भने, ‘मेराे नेतृत्वकाे सरकार भ्रष्टाचारविरूद्व कडा कदम चाल्याे । धमाधम भ्रष्टाचारी पक्रिन थाले । भुटानी शरणार्थी काण्डका आराेपित समातिन थालेपछि सरकार ढालियाे । त्यसले बुढानिलकण्ठ र बालकाेट डराए । रातारात सरकार ढालियाे ।’
उनका अनुसार वर्तमान सरकार जनतामैत्री छैन । सरकार उल्टाे दिशामा हिडिरहेकाे छ । पत्रकारले साेधेका प्रश्नकाे जवाफ दिदै उनले कर्णाली आफ्नाे प्राथमिकतामा रहेकाे पनि बताए ।
गमगडी- नाक्चेनाग्ला सडकलाई रणनीतिक रूपमा अघि बढाउने उनकाे भनाइ थियाे । ओेली सरकारले रवि लामिछानेलाई हतारमा पक्रेकाे भन्दै दाेषी उम्काउन खाेजेकाे आराेप लगाए । प्रमाणित भ्रष्टाचारीबाट जग्गादान लिने ओेलीकाे नियत जनताले मुल्यांकन गरिरहेकाे उनले बताएका हुन्