म्याद थपका लागि रबिलाई अदालत लगियो
पोखरा,कार्तिक २० गते । सहकारीको रकम ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्की लगिएको छ ।
उनलाई तेस्रो पटक म्याद थपका लागि अदालत लगिएको हो ।
रविलाई कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरिएको थियो । भोलिपल्ट विहानपख उनलाई पोखरा ल्याइपुर्याइएको हो ।
कात्तिक ४ गते जिल्ला अदालत कास्की पेश गरिएकोमा पूर्वगृहमन्त्रीसमेत रहेका लामीछानेलाई ६ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको थियो ।
त्यसपछि ७ दिनको म्याद थपिएकोमा तिहार बिदाले अदालत बन्द भएपछि आज अदालतमा उपस्थित गराइँदैछ ।