अमेरिकामा राष्ट्रपति छान्न मतदान सुरु

अमेरिका,कार्तिक २० गते । संयुक्त राज्य अमेरिकामा नयाँ राष्ट्रपति निर्वाचन गर्न मङ्गलवार मतदान सुरु भएको छ। यो निर्वाचनबाट देशका ४७औँ राष्ट्रपति छानिने छन्।

पदासीन उपराष्ट्रपति कमला ह्यारिस र पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पबीच नयाँ राष्ट्रपति बन्न निकै कडा प्रतिस्पर्धा हुने देखिएको छ।

न्यूयोर्क र इन्डिआनासहितका अमेरिकाको पूर्वी क्षेत्रहरूबाट मतदान सुरु भएको छ। ह्यारिसले गर्भपतनको अधिकारसँगै कामकाजी परिवारका लागि खाना तथा आवासको खर्च कम गर्ने पैरवी गरिरहेकी छन्। ट्रम्पले आप्रवासीहरूको गैरकानुनी अमेरिका प्रवेश रोक्न सीमा बन्द गर्ने र खर्बौँसम्म कर कटौती गर्ने वाचा गरेका छन्।

अमेरिकी इतिहासमा लामो समयपछि निकै महत्त्वपूर्ण रूपमा हेरिएको निर्वाचनअघि ठूला घटना र उतारचढावहरू देखा परेका थिए।

राष्ट्रपति निर्वाचनअघि रिपब्लिकन पार्टीका उम्मेदवार डोनल्ड ट्रम्पको दुई पटक हत्या प्रयास भएको थियो। डेमोक्र्याटिक पार्टीको उम्मेदवार बनेका राष्ट्रपति जो बाइडन प्रतिस्पर्धाबाट बाहिरिएपछि उनको स्थानमा ह्यारिस उम्मेदवार बनेकी हुन्। समाचार बीबीसी नेपालीले छापेको छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv