ट्रम्प अमेरिकी राष्ट्रपतिमा दोश्रो पटक निर्वाचित ,ह्यारिसलाई हराउदै बने ४७ औ राष्ट्रपति
अमेरिका,कार्तिक २१ गते । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रयाटिक दलकी राष्ट्रपतिकी उम्मेदवार र हाल उपराष्ट्रपति कमला ह्यारिसलाई हराउदै अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका छन् । उनले आफ्ना प्रतिद्वन्दी ह्यारिसलाई हराउदै ४७ औ राष्ट्रपति पदमा दोश्रो पटक निर्वाचित हुन् सफल भएका छन् ।
उनले कुल निर्वाचक मत (इलेक्टोरल भोट )२७७ प्राप्त गर्दै कमला ह्यारिसलाई हराए भने अहिले सम्म अमेरिकी इतिहासमा कुनै पनि महिलालाई राष्ट्रपति पदमा निर्वाचन हुनबाट रोक्दै उनले शानदार जीत हासिल गरेका छन् । कमला ह्यारिसले २२४ इलेक्टोरल कलेज भोट अर्थात् निर्वाचकीय मत प्राप्त गरेकी छिन् ।
साथै ट्रम्पले २७० भन्दा ज्यादा इलेक्टोरल कलेज भोट अर्थात् निर्वाचकीय मत प्राप्त गर्दै ४७ औ राष्ट्रपति बनेका छन् । ट्रम्प अमेरिकी राष्ट्रपति पदमा ३ पटक लडे भने पहिलो पटक बिजयी भएका थिए भने दोश्रो पटक सन् २०२० मा राष्ट्रपति जो बाइडेनसँग चुनाव हारे । तर उनले कहिले पनि चुनाव हारेको स्वीकार गरेनन । रिपब्लिकनमा मतदाता अझै पनि चोरी गरेर बाइडेन निर्वाचित भएका हुन् भन्ने भ्रम अझै उनीहरुमा रहेको र ट्रम्प स्वयमले झुटो दाबी निरन्तर गरि रहेका छन् । तर यस पटक उनले शानदारले चुनाव जिते ।
अन्तिम अवस्था सम्म पनि दुवै उम्मेदवार बीच अत्यन्तै प्रतिश्प्रद्धा रहेको चुनावमा अन्त्यमा ट्रम्पले बाजी मारे । अमेरिकी जनताले उनलाई ४ बर्ष सम्मको लागि विश्वास गरेका छन् ।
अमेरिकाको ५० वटा अन्य राज्यहरु मध्ये कै स्विङ्ग स्टेट अर्थात् युद्धभूमि राज्यहरुमा एरिजोना, विस्कन्सिन, नर्थ क्यारोलाइना ,जर्जिया, मिशिगन,र पेन्सिलभेनिया जस्ता महत्वपूर्ण राज्यहरूमा बिजयी हासिल गर्दै ४७ औ राष्ट्रपतिमा चुनिएका छन् ।