विश्व च्याम्पियनसिपका लागि ढुक्क भए तयारी थाल्नुस– सचिव–सचिव

काठमाडौं, मंसिर ६ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले तेश्रो थाउलो विश्व कपका कांस्य पदक विजेता उसुका विजय सिन्जालीलाई आगामी विश्व च्याम्पियनसिपको तयारीमा जुट्न सुझाएका छन् । सदस्य–सचिव घिसिङले बुधबार त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा भएको भेटमा विजयलाई बधाइ दिदै विश्व च्याम्पियनसिपको तयारीमा जुट्न सुझाएका हुन् ।

‘विश्व च्याम्पियनसिपको तयारीमा ढुक्क भएर अगाडि बढ्नुस् । बाँकी कुराको केहि चिन्ता गर्नु पर्दैन । आवश्यक सहयोगका लागि परिषद् तयार छ ।’ सदस्य–सचिव घिसिङले भने ।

सदस्य–सचिव घिसिङले विजयलाई एरिका गुरुङ र पलेशा गोबर्धन जस्तै परिषद्ले रणनीतिक खेलाडीको सूचीमा राख्ने बताउदै थाउलो विश्व कपको पुरस्कारका लागि प्रकृया सुरु भइसकेको जानकारी गराए ।

विजयले जापानको योकोहामामा अक्टोबर २३ देखि २८ तारिखसम्म भएको प्रतियोगिताको चेन्सुमा कांस्य पदक जितेका थिए । थाउलो विश्व कपमा विजयले छनोट चरण पार गर्दै सहभागिता जनाएका हुन् । चीनमा गत अप्रिलमा भएको उसु आमन्त्रण अन्तर्राष्ट्रिय प्रतियोगितामा २७ प्रतिस्पर्धी मध्ये ५ औं स्थानमा रहँदै विजय थाउलो विश्व कपका

लागि छनोट भएको प्रशिक्षक निकेश श्रेष्ठले जनाएका छन् । सोही प्रतियोगिताको तुइलिन स्पर्धा भने विजयले कांस्य जितेका थिए ।

विजयले रियादमा भएको विश्व कम्ब्याटमा स्वर्ण, १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत र १३ औं सागमा स्वर्ण जितेका छन् ।

थाउलो विश्व कपमा नेपालबाट विजयसहित ५ खेलाडीले सहभागिता जनाएका थिए । निमा घर्ती मगर, राजीव तामाङ, दीपक हमाल र पासाङ शेर्पा पदकविहीन बने ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv