सुदूरपश्चिम रोयल्सको ग्याजेट पार्टनरमा एक्स-एज
काठमाडौं,मङ्सिर १४ गते । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदुरपश्चिम रोयल्स र एक्स-एजबीच प्रायोजन सम्झौता भएको छ ।
रोयल्सले ग्याजेट पार्टनरको भूमिकामा एक्स-एजसँग शुक्रबार सम्झौता गरेको हो । सम्झौतामा रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र एक्स-एक नेपालका निर्देशक श्रीमान सवार्थियाले हस्ताक्षर गर्नुभयो ।
सम्झौतापछि बोल्दै सिइओ खड्काले रोयल्सको एनपिएल यात्रामा सहयात्री बन्न इच्छा देखाउनुभएकोमा एक्सएजलाई धन्यवाद व्यक्त गर्नुभयो । एक्सएजका निर्देशक सवार्थियाले सुदूरपश्चिम रोयल्स एनपिएलमा निकै चर्चित रहेको र साथ दिन पाउँदा खुसी व्यक्त गर्नुभयो । उहाँले सुदूरपश्चिमका समर्थकका लागि एनपिएल दौरान विशेष योजना पनि ल्याउने जानकारी दिनुभयो ।
सुदूरपश्चिम रोयल्सले यसअघि एसपीएलाई एजुकेसन पार्टनर, मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल, एअरलाइन्स पार्टनरमा नेपाल एअरलाइन्स, इन्स्योरेन्स पार्टनरमा सलिको, ट्राभल पार्टनरमा राइका टुर्स एण्ड ट्रेक्स, टेलिकम पार्टनरमा नेपाल टेलिकम, स्ट्रेन्थ पार्टनरमा सूर्य प्लाई र कुमारी जबलाई करिअर पार्टनरको रुपमा भित्र्याएको थियो । एनपिएलको अवधिभर टोलीले म्यारीयट काठमाडौंमा बसोबास गर्न सहकार्य सम्झौता पनि गरिसकेको छ ।
क्यानको आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ देखि पुस ६ गते सम्म एनपिएल हुनेछ । सुदूरपश्चिमको मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी हुनुहुन्छ । मेन्टरमा अष्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जगत टमाटा हुनहुन्छ ।