भ्याली पब्लिक, ग्रिनल्यान्ड र त्रिज्योति च्याम्पियन
काठमाण्डौं,मङ्सिर १७ गते । आयोजक भ्याली पब्लिक, ग्रिनल्यान्ड र त्रिज्योतिले १८ औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । भ्याली पब्लिक सिनियर गल्र्स, ग्रिनल्यान्ड सिनियर ब्वाइज र त्रिज्योति जुनियर ब्वाइजमा च्याम्पियन बने ।
भंगालस्थित घरेलु कोर्टमा भएको सिनियर गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले टीआईएलाई ३५–१७ ले पराजित ग¥यो । भ्याली पब्लिककी लोरिशा गौचनले १० अंक जोडिन् ।
सिनियर ब्वाइजको फाइनलमा ग्रिनल्यान्डले भ्याली पब्लिकलाई ५४–३९ ले हरायो । ग्रिनल्यान्डका सुरेश बिसीले २१ स्कोर गरे । जुनियर ब्वाइजको फाइनलमा त्रिज्योतिले गोल्डेनपिकको चुनौती ३१–२८ ले पन्छायो । त्रिज्योतिका ताङबु शेर्पाले १३ अंक जोडे ।
सिनियर ब्वाइजमा ग्रिनल्यान्डका महेन्द्र केसी, सिनियर गल्र्समा भ्याली पब्लिककी प्रकृति खड्का र जुनियर ब्वाइजमा त्रिज्योतिका साम्देन शेर्पा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा भ्याली पब्लिकका लाक्यप छिरिङ लामा, सिनियर गल्र्समा भ्याली पब्लिककी एन्जल गुप्ता र जुनियर ब्वाइजमा भ्याली पब्लिकका आर्यन गुरुङ सर्वाधिक स्कोरकर्ता बने । सिनियर ब्वाइजमा भ्याली पब्लिकका अनिमेश अधिकारी, सिनियर गल्र्समा टीआईएकी एन्जिला शाही र जुनियर ब्वाइजमा गोल्डेनपिकका अनमोल राई उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए ।
सिनियर ब्वाइजमा रिलायन्स पब्लिक स्कुल, सिनियर गल्र्समा अपी र जुनियर ब्वाइजमा ज्ञान संस्कारले अनुशासित टिमको ट्रफी हात पारे । सिनियर ब्वाइजमा हेराल्ड, सिनियर गल्र्समा केभीकेएसएस र जुनियर ब्वाइजमा एसिया प्यासिफिक इमर्जिङ टिम बने ।
विजेतालाई इन्जिनियर हरिभक्त गुरुङ, भ्याली पब्लिकका संस्थापक प्रिन्सिपल कृष्णप्रसाद अधिकारी, भ्याली पब्लिककी सह–संस्थापक सुनिता अधिकारी, भ्याली पब्लिकका प्रशासन प्रमुख महेश अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । मंसिर ७ गतेदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइजमा ३३, सिनियर गल्र्समा २० र जुनियर ब्वाइजमा ३२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।