चिनियाँ राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीको भेटवार्ता

काठमाण्डौं,मङ्सिर १८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिङपिङसँग भेटवार्ता गरेका छन्।  चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सीसँग बेइजिङको देउताइ स्टेट गेस्ट हाउसको भिल्ला नम्बर १२ मा  भेटवार्ता गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटघाटका क्रममा उनीहरूबीच आपसी सहकार्य,दुई देशबीचको सम्बन्धलगायत विषयमा छलफल भएको थियो। भेटका क्रममा सीले प्रधानमन्त्री ओलीसँग नेपालको पछिल्लो राजनीतिक,आर्थिक र सामाजिक अवस्थाका बारेमा चासो राखेका थिए।

राष्ट्रपति सीसँगको भेटवार्ताअघि प्रधानमन्त्री ओली र चिनियाँ प्रधानमन्त्री लीबीच भेटवार्ता भएको थियो ।  भेटका क्रममा उनीहरूबीच  विभिन्न ८ वटा विषयमा  सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री ओली चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणमा मंगलबार हिमालयन एयरलाइन्सको चार्टर्ड विमानबाट बेइजिङ गएका थिए।

 



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv