महालक्ष्मी कोटीहोम महायज्ञ, साधना तथा सवा करोड दीप प्रज्वलन विशेष अनुष्ठान सम्पन्न
टिकापुर,पुष २ गते । अनन्त परम उद्धारकर्ता संकटमोचन स्वरुप तत्वदर्शी श्रद्धेय सद्गुरुदेव श्री मदन बाबा ज्यूद्वारा मुल संकल्प गरिएको १६ वटा कोटीहोम मध्येको प्रथम महालक्ष्मी महायज्ञ महालक्ष्मी साधना तथा सवा करोड दीप प्रज्वलन विशेष अनुष्ठान भव्यताको साथ टिकापुर, कैलालीमा सम्पन्न भएको छ ।
सद्गुरुदेव श्री मदन बाबा ज्युले यस महालक्ष्मी महायज्ञ महालक्ष्मी साधना विश्व लगायत नेपालम आयोजित आदिशक्तिको आरधना गरिएको साधना नौलो र प्रथम भएको साधना व्यास आशनबाट घोषणा गर्नुभयो ।
मंसिर २१ देखि २६ गतेसम्म संचालित उक्त महालक्ष्मी साधन यस कलियुगमा देखिएका दु:ख, कष्ट भोकमरी, अनिष्टबाट मुक्त भई सुख, शान्ति र समृद्धि प्राप्तिका निम्ति गरिएको बताईएको छ ।
उक्त अनुष्ठानमा पुर्व उपप्रधान गृह तथ रक्षा मन्त्री माननिय डा. भीम रावल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पुर्व उपप्रधानमन्त्री माननिय राजेन्द्र प्रसाद लिङ्देन, पुर्वमन्त्री माननिय शेर बाहादुर कुँवर, सुदुर प्रदेश सरकारका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्व आन्तरिक मामिला तथा कानुन मन्त्री माननिय डा. रण बहादूर रावल, सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननिय मेघराज खड्का,नागरिक पार्टीका संरक्षक अध्यक्ष, राष्ट्रिय कलाकार एवं पुर्व माननिय रेशम चौधरी,नेपाल कमुनिष्ट पार्टी एकिकृत समाजवादीका केन्द्रीय सदस्य एवं साँफेबगर नगरपालिकाका पुर्व प्रमुख कुल बहादुर कुँवर , टीकापुर नगरपालिकाका पुर्व उपप्रमुख केशरी विष्ट लगायतका व्यक्तित्वहरुले सारगर्भित मन्तव्य व्यक्त गर्दै महालक्ष्मी कोटीहोम, महायज्ञ साधनले समाज परिवर्तनका निम्ति महत्वपूर्ण भूमिका निर्वाह गर्ने विचार राख्नुभयो ।
६ दिनसम्म भएको उक्त कोटीहोम महायज्ञ साधनामा नेपालका विभिन्न जिल्लाबाट साधक साधिका, स्थानिय लगायतको उल्लेख्य उपस्थिती रहेको थियो ।
सद्गुरुदेव श्री मदन बाबा ज्यूले यस अघि १६ शिव साधनाको मुल संकल्प गरिएको १३औं शिव साधना मित्र राष्ट्र भारतको नैमीसारणीमा यहि आउने फाल्गुन महिनामा हुने पनि बताईएको छ ।