फुटवलर्स मिसन टुगेदर र ब्लुक्रस अस्पताल विच स्वास्थ्य सेवामा छुट दिने सम्झौता

काठमाण्डौं,पुष ९ गते । फुटबलर्स मिसन टुगेदरको उद्देश्य अनुरुप फुटवलर्स मिसन टुगेदर र ब्लुक्रस अस्पताल विच स्वास्थ्य सेवामा छुट दिने सम्बन्धि एक समारोह विच ५ वर्षे सम्झौता सम्पन्न भएको छ ।

मिसन टुगेदरमा आवद्ध पूर्व फुटवलर, प्रशिक्षक, रेफ्री, अफिसियल तथा निजका परिवारले स्वास्थ्य परिक्षण, ल्याव टेष्ट, दुर्घटना भई उपचार(स्वास्थ्य उपचार) गराउदा २०% छुट प्राप्त गर्नेछन् भने मिसन टुगेदरले गर्ने प्रतियोगितामा निशुल्क एम्बुलेन्स र चिकित्सकीय सेवा प्रदान गर्नेछ । मेजर र माईनर अपरेसन गर्दा समेत विशेष छुट दिने व्यवस्था सम्झौतामा उल्लेख छ । फुटवलर्स मिसन टुगेदरको तर्फबाट वरिष्ठ उपाध्यक्ष भिक्टर जे.बि.राणा र अस्पतालको तर्फबाट कार्यकारि व्यवस्थापन समितिका सदस्य सचिव रजत श्रेष्ठले हस्ताक्षर गरे ।

सो अवसरमा बरिष्ठ उपाध्यक्ष राणाले हाम्रो प्रस्तावलाई स्वीकार गरि खेलाडीलाई सम्मान व्यक्त गरेकोमा अस्पताल व्यवस्थापन प्रति धन्यवाद दिए भने अस्पतालका रजत श्रेष्ठले सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे ।

सो अवसरमा मिसन टुगेदरका महासचिव धिरेन्द्र प्रधान, कोषाध्यक्ष वसन्त लामा, पूर्व अन्तर्राष्ट्रिय महिला तथा पुरुष खेलाडीहरुको उपस्थिति रहेको थियो । अस्पतालको तर्फबाट व्यवस्थापन समितिका प्रशासन र वित्त विभागका निर्देशक सति गौतम सिंह लगायत अस्पताल व्यवस्थापनको उच्च व्यवस्थापकहरुको उपस्थिति रहेको थियो ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv