गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’ बोलको भिडियो युट्युबबाट हटाइयो
काठमाडौं, ४ फागुन । सरकार, नेता र कर्मचारीहरूलाई ब्यंग्य गरेर गायक पशुपति शर्माले गाएको ‘लुट्न सके लुट कान्छा’ बोलको भिडियो अपलोड गरेको केही घण्टा मै दर्शक माझ लोकप्रिय बनेपछी उक्त लोकगीत सरकार पक्षीय कार्यकर्ताको तिब्र आक्रोश र दबाबपछि युट्युबबाट हटाइएको छ । शनिबार करिब बेलुकी ८ बजे तिर आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै शर्माले युट्युबबाट उक्त गीत को भिडियो हटाएका छन । हेर्नुहोस् उनको स्ट्याटस को पूर्ण पाठ ।