ठकुरी सहयोग संजाल पनि जुट्यो बागमती सरसफाई अभियानमा,७ मेट्रिक टन फोहर व्यवस्थापन (फोटो फिचर )
काठमाण्डौं ८ बैशाख । बागमती सरसफाई अभियानको २५८ औं दिन आज पनि सम्पन्न भएको छ ।
प्रत्येक शनिबारका दिन बागमती वरपर नेपाल आर्मी ,नेपाल सशस्त्र प्रहरी बल लगायत बिभिन्न संघ सस्थाहरु सरसफाइ गर्ने गरेका छन । सोही सरसफाईलाई निरन्तरता दिंदै ठकुरी सहयोग संजालले पनी एक्यबद्धता जनाएको छ ।
संजाल सँग आबद्ध दर्जनौं ठकुरीहरु बानेश्वर क्याम्पस देखी तिनकुने पुल सम्म बागमती नदी वरपर को सरसफाईमा जुटेका हुन् । बिभिन्न लब्धप्रतिष्ठित ब्यक्तित्व संघ संस्था र बलिवुड कि चर्चित नायिका मनिषा कोइराला पनि सरफाईमा जुटेकी थिईन ।
बिहान ७ बजे देखी ९ सम्म गरिएको सरसफाई अभियानमा ७ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सो सरसफाई अभियानमा जुटेका ठकुरी सहयोग संजालका अध्यक्ष रेशम ठकुरी ले भने ‘हाम्रो सभ्यता हाम्रो पहिचान हो यस अभियानमा ठकुरीहरु सदैव कृयाशिल हुने छौं’ र सहभागी हुन पाउँदा ज्यादै खुशी लागेको पनि बताए ।