भोलि शिवरात्री : सवारी चलाउन ट्राफिकले निकाल्यो यस्तो नियम

काठमाण्डौं,फागुन १९ । महाशिवरात्री मेला २०७५/११/२० को ट्राफिक व्यवस्थापन सम्बन्धि जानकारी

महाशिवरात्री पर्व २०७५ को अवसरमा श्री पशुपतिनाथ मन्दिरमा लाग्ने महाशिवरात्री मेलाको लागि निम्नानुसार ट्राफिक व्यवस्थापन गरिएको छ। सवारी प्रवेश निषेध गरिने स्थानहरु :-

चावहिलबाट गौशाला तर्फ । पुरानो बानेश्वरबाट गौशाला तर्फ। ज्ञानेश्वर मैतिदेवि मोडबाट रातोपुल हुँदै गौशाला तर्फ । द्धारीका होटलको उत्तर तर्फको शाखा मार्ग । शिफल चौरबाट जयबागेश्वरी तर्फ। लामापोखरी कुटुवहालबाट मित्रपार्क तर्फ । गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्क तर्फ ।
तिलगंगाबाट गौशाला तर्फ । मालबाहक सवारी साधनहरु तिनकुनेबाट सिनामंगल, तिलगंगा तर्फ ।
जोरपाटी नारायणटारबाट करिडोर बाटोहुदै आउने मालवाहक सवारी साधनहरु गौरीघाट तर्फ ।
सिनामंगल पुलबाट करिडोरको मार्ग हुदै होटल महाराजा निस्कने मार्ग । जोरपाटी, बौद्धतर्फबाट आउने मालवाहक सवारी साधन चुच्चेपाटीबाट चावहिल तर्फ ।
पार्किङ व्यवस्थापन:-

तिलगंगा – दर्शनार्थी, तिर्थयात्री र विदेशी पर्यटक (YCL मार्ग) देवउद्यान स्थित कोषको कार्यालय– कोषका सवारी साधन तथा सेवाप्रदायक संस्थानका साधन । शिलचौर – स्थानीय दर्शनार्थीका सवारी साधन । गुहेश्वरी पारी – वागमती कोरिडोर र जोरपाटीबाट चावहिल हुदैं आउने सवारी साधन ।
सवारीमार्ग निर्धारण:- (क) भक्तजनहरुका सवारी साधनः-

शिफल पार्किङ्ग गर्ने सवारी साधनहरु: सानो गौचरण, कालो पुल हुदैं सिफल चौर सम्म ।
तिलगंगा पार्किङ्ग गर्ने सवारी साधनहरु: तीनकुने, सिनामंगल हुदैं तिलगंगा सम्म ।
(ख) बस तथा माईक्रोबसहरु:-

पुरानोबसपार्क, भद्रकाली, सिंहदरबार, माईतीघर, नयाँबानेश्वर, तिनकुने, सिनामंगल हुँदै तिलगंगासम्म पुग्ने र सोहीमार्ग हुँदै पुरानो बसपार्क फिर्ता हुने ।
पुरानो बसपार्क, भद्रकाली, नागस्थान, भोटाहिटी, जमल, केशरमहल, खानीविभाग, लाजिम्पाट, नारायणगोपाल चोक, चावहिल, बौद्ध, जोरपाटी, साँखुसम्म पुग्ने र सोहीमार्ग हुँदै जमल सम्म तत्पश्चात महेन्द्रशालिक तिनधारा पाठशाला हुँदै पुरानोबसपार्क फिर्ता हुने ।
कालोपुल हुँदै कपन चल्ने सवारी साधनहरु खानीविभाग, लाजिम्पाट हुँदै महाराजगंजको बाटो चलाउने ।
(ग) माईक्रोबस तथा टेम्पोहरु :-

सुन्धाराबाट मैतीदेवी, पुरानोबानेश्वर, चावहिल हुँदै बौद्ध तर्फ चल्ने माईक्रोबस तथा टेम्पोहरु महेन्द्रशालिक, कृष्णपाउरोटी, जयनेपाल, सिंहदोबाटो, नक्साल, भगवतीबहाल, सानोगौचरण, शिफल उकालो, लामपोखरी, चावहिल गणेशस्थान, चावहिल हुँदै जोरपाटी मार्ग हुँदै चलाउने ।
जोरपाटी बौद्धबाट सुन्धारा आउने माईक्रोबस तथा टेम्पोहरु चावहिल नारायणगोपाल चोक, लाजिम्पाट, केशरमहल, जमल, घण्टाघर हुँदै सुन्धारा चलाउने ।
(घ) मालवाहक सवारी साधनहरु :-

जोरपाटी, बौद्ध, चावहिल हुँदै महाराजगंज तर्फ जाने मालवाहक सवारी साधनहरु चुच्चेपाटी, भृकुटीचोक, गोपीकृष्णहल हुँदै सुकेधारा, महाराजगंज तर्फ जानु पर्ने ।
कोटेश्वर, तिनकुने, गौशाला हुँदै बौद्ध वा सुकेधारा तर्फ जाने मालवाह सवारी साधनहरु कोटेश्वर, सातदोबाटो, कलंकी, महाराजगंज र बौद्ध जाने मालवाहक सवारी साधनहरु गोपीकृष्णहल, कपन, महाँकाल, चुच्चेपाटी हुँदै बौद्ध तर्फ जाने ।
कोटेश्वर तिनकुने हुँदै पशुपती वरपर पुग्नु पर्ने मालवाहक सवारी साधनहरु गैरीगाउँमा मेला अवधिभर कुर्नुपर्ने ।
महाराजगंज, चावहिल हुँदै पशुपती वरपर पुग्नु पर्ने मालवाहक सवारी साधनहरु बसुन्धारामा मेला अवधिभर कुर्नुपर्ने ।
कोटेश्वर वा गठ्ठाघरबाट बौद्ध जोरपाटी जाने मालवाहक सवारी साधनहरु जडिबुटी, पेप्सीकोला, गोठाटार पुल हुँदै बौद्ध जोरपाटीसम्म पुग्न सक्ने ।
(ङ) पास वितरण भएका हल्का सवारी साधनहरु:-

शिफल तर्फ चल्ने सवारी साधनहरु नक्साल, भगवतीबहाल, सानोगौचरण, कालोपुल हुँदै शिफल आउने र फर्कँदा शिफल, चावहिल गणेशस्थान हुँदै चावहिल निस्कने गरी मार्ग कायम गरिएको ।
अमालकोटमा पार्क गर्न तोकिएको सवारी साधनहरु शिफलचौर, जयबागेश्वरी हुँदै उक्त स्थानमा पार्क गर्ने र फर्कँदा जयबागेश्वरीचोक, भण्डारखाल सडक हुँदै शिफलचौर निस्कने गरी मार्ग कायम गरिएको
महानगरीय प्रहरी प्रभाग गौशालामा पार्क गर्ने सवारी साधनहरु तिलगंगा, बत्तिसपुतली हुँदै फर्किने गरी मार्ग कायम गरिएको ।
तिलगंगा आँखा अस्पतालमा पार्क गरिएका सवारी साधनहरु सुचना विभाग तल सिनामंगल भत्केकोपुल तर्पmको बाटो हुँदै फर्कने ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv