राप्रपाले आफ्नो अधिकारिक वेभसाईड परिमार्जन गर्ने
काठमाण्डौ १४ बैशाख । राप्रपाले आफ्नो अधिकारिक वेभसाईड परिमार्जन गर्ने भएको छ । प्रमुख अतिथि अध्यक्ष थापाले केही समय भित्रै पार्टीलाई प्रभावकारी तथा युवा मैत्री वनाउने र सवै जिल्ला तहका नेता तथा कार्यकर्ताहरूलाई आईटी सम्वन्धी प्रशिक्षण दिने वताउनु भयो । पार्टी प्रवास विभागद्वारा आयोजित सम्पन्न छलफलका क्रममा उक्त कुरा बताउनु भएको हो ।
उक्त छलफलमा प्रवास विभागको सदस्य तथा युवा ईन्जिनियर रोजेश रिजाल र फ्रेन्च आई टि विज्ञ ई. राफेल सम्मिलित टोलिले पार्टीलाई प्रभावकारी वनाउन नयाँ वेभ साईडको डिजाईन र स्मार्ट पार्टीको विषयमा धारणा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रवास विभाग प्रमुख तथा केन्द्रीय सदस्य विजय खडकाले स्वागत तथा कार्यक्रम को उदेश्य वारे प्रकाश पार्नु भएको थियो । उक्त अवसरमा महामन्त्री जयन्त चन्द,प्रवक्ता भुवन पाठक सहायक महामन्त्री राजाराम वर्तौला,युवा नेता ऋषिराज देवकोटा लगाएत विभागका सदस्यहरूको उपस्थिति रहेको थियो ।