अनुत्तरित प्रश्नका भारी बोकेर सिंहदरबार धाउँदै बिडित यज्ञराज र अधिकारकर्मी शारदा ( भिडियो सहित )
काठमाण्डौं,फागुन २६ । निर्मला पन्तको बलात्कार पछी हत्या भएको ७ महिना बिती सक्दा पनि नत निर्मलाले न्याए पाईन नत अभिभावकले शान्तीको शास फेर्न नै पाएका छन । शुक्रबार देशले अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाइ रहँदा निर्मलाका बाबु यज्ञ राज पन्त र अधिकारकर्मी शारदा चन्द गृह मन्त्रालय धाउँदै थिए ।
छोरीको हत्यारा पत्ता नलाग्दा उनी माथि बज्रिएको त्यो पिडाले दिएको मानसिक तनावको सिकार भए । त्यही सिकारले हाम्नो सन्तुलन गुमाइ उपचार गराउन आर्थिक अभाव भए पछी गृह मन्त्रालय आएको बताए । बिभिन्न चरणको आन्दोलन धर्ना दिँदा मात्र नभै अन्तरराष्ट्रिय मुद्धा बन्दा सम्म पनि सरकारले जनताले अपेक्षा गरे बमोजिम काम गर्न नसकेकोले ७ महिना सम्म पनि हत्यारलाई सार्वजनिक गर्न सकेको छैन ।
निर्मलाको हत्यारा सार्वजनिक गर्न सरकार कहाँ चुक्यो किन चुक्यो ? थुप्रै प्रश्नहरु अझै पनि अनुत्तरित छन तरपनि सार्वजनिक हुन्छ भनेर सँधै मन्चमा हुने भाषणको बिषय बन्न भने छोडेको छैन चाहे त्यो सरकारबाट होस् या अन्य कुनै दलका नेता ।