कामनपा वडा नं ३ का वडा अध्यक्ष दिपक केसीले पुर्व राजा ज्ञानेन्द्रको भातिजी श्रेया शाहलाई नागरिता निदिनुको रहस्य यस्तो
काठमाडौं, २० वैशाख । पुर्वराजा ज्ञानेन्द्र शाहकी भतिजी श्रेया राज्यलक्ष्मी शाहलाई नागरिकताको सिफारीस नदिएको भनेर आलोचना खेपेका वडाध्यक्षले आफुले सिफारीस दिन नसक्ने कारण खुलाएका छन् । उनले कानुनी बाध्यताका कारण श्रेयालाई नागरिकताको सिफारीस दिन नसकेको बताएका छन् ।
काठमाडौं वडा नं ३ का वडाध्यक्ष दिपक केसीले सिफारीस नदिएका कारण श्रेयाले नागरिकता पाउन नसकेको भन्दै संचारमाध्यममा समाचार आएपछि उनले यस्तो बताएका हुन् ।
‘श्रेयालाई नागरिकताको सिफारीस नदिएको सत्य हो, उनले लाइट नेपालसंग भने हामीले बाउ आमाको नाता कायम भए पछि मात्र बच्चालाई नागरिकताको सिफारीस दिन मिल्छ श्रेयाको हकमा त्यसो नभएका कारण अप्ठेरो परेको हो ।’
श्रेयाको आमा जया पाण्डे र बुवा धिरेन्द्र विरविक्रम शाह बिच पति पत्नीको नाता प्रमाणीत नभएका कारण उनलाई नागरिकताको सिफारिस दिन नमिलेको वडाध्यक्षको भनाई छ ।
जया धीरेन्द्रकी दोस्री पत्नी हुन् । उनीबाट श्रेयाको जन्म भएको थियो । पहिली पत्नी प्रेक्षाको दरबार हत्याकाण्डको केही समयपछि रारा तालमा हेलिकोप्टरबाट खस्दा डुबेर निधन भएको थियो ।
प्रेक्षा शाहसँग सम्बन्धविच्छेद भएपछि वि.सं. २०४४ सालमा धीरेन्द्रले दक्षिणकाली मन्दिरमा गई बत्तीसपुतलीकी जया पाण्डेसँग विवाह गरेका थिए । २०४५ साल असार २ गते शिक्षण अस्पताल महाराजगन्जमा श्रेया शाहको जन्म भएको थियो ।
तर धिरेन्द्र र जयाको कतै पनि पति पत्नीका रुपमा नाता कायम भएको प्रमाण नभएका कारण आफुले सिफारीस दिन नमिल्ने वडाध्यक्ष केसीको भनाई छ । ‘बुवाको मृत्यु भएको भए पनि विवाह दर्ता अथवा नाता प्रमाणित हुने कागजात भए ल्याउन भनेको हुँ, उनले भने जयासंग मेरो त्यस्तै दुई मिनट मात्र कुरा भएको थियो ।’
जया पाण्डेले २०६८ सालमा अदालतवाट नाता कायम हुने मुद्या समेत हारिसकेकाले झन समस्या भएको उनको भनाई छ । ‘श्रेयाले नागरिकता पाउन नसक्दा म पनि अत्यन्त दुखी छु उनले भने, तर प्रकृया पुरा नगरी मैले सिफारीस दिन मिल्दैन । भोली नागरिकता सम्बन्धि कानुन निकै कडा भएकाले मलाई अप्ठेरो पर्छ ।’
उनले आमाका नामवाट नागरिकता प्रावधान भए सोही अनुसारको निकायमा जान समेत श्रेयालाई सुझाव दिएका छन् । ‘बुवा नभएका अवस्थामा आमाको नामवाट नागरिकता लिने हो तर त्यसका लागि श्रेयाले राज्यसंग पहल गर्नुपर्छ’ केसीको भनाई छ ।
वडाध्यक्ष केसीले आमाका नामवाट नागरिकता लिने हो भने सोही अनुसारको निवेदन जिल्ला प्रशासन लगायत अन्य निकायमा दिन सुझाव समेत दिएका छन् ।
वडाध्यक्ष केसीले पुर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलाई श्रेयाको विषयमा समाधान दिन चुनौती समेत दिएका छन् । नयाँ शक्ति पार्टीका अध्यक्ष भट्टराईले श्रेयाले नागरिकता पाउनुपर्ने भन्दै टिप्पणी गरेका थिए । ‘पुर्व प्रधानमन्त्रीले त्यसै बोलेर मात्र हुुँदैन, सोलुसन दिनुपर्छ, उनले भने प्रमुख कार्यकारी भएको मान्छेले सोँचेर बोल्नुपर्छ ।’