अमेरिकाको टेक्सस राज्यस्थित डलास शहरमा यही आउदो मे महिनाको २६ र २७ गते तेस्रो युनाइटेड नेप्लिज एशोसिएशन ९ युएनए सम्मेलन हुने
काठमाडौं, २० वैशाख । नेपालीको बाक्लो बसोवास रहेको अमेरिकाको टेक्सस राज्यस्थित डलास शहरमा यही आउदो मे महिनाको २६ र २७ गते तेस्रो युनाइटेड नेप्लिज एशोसिएशन ९ युएनए सम्मेलन हुने भएको छ । अमेरिकामा जन्मेका नेपाली आमा बुवाका बालबालिकाको भविष्य सुनिश्चित गर्ने उद्येश्यले कार्यक्रमको आयोजना गर्न लागिएको हो ।
कार्यक्रमका मुल संयोजक निरोज पन्तले एक विज्ञप्ती जारी गरी सो कुराको जानकारी गराएका छन् ।
विज्ञप्तीको पुर्ण पाठ यस्तो छ
अमेरिकामा नेपालीको उपस्थिति बढिरहेको छ । नेपालीको जनसंख्या बढिरहदा अमेरिकामा नेपालीको दोस्रो पुस्ता समेत हुर्किरहेको छ । अमेरिकामै जन्मिएका र अमेरिकामैं अध्ययन सकेका नेपाली युवा युवतीको संख्या समेत बढिरहेको छ । हुर्किरहेको यो पुस्तालाई अमेरिकाको मुल धारमा जोड्नुपर्ने आवश्यकता पनि खड्किदैं गएको छ । संभावनानै संभावनाको देश अमेरिकामा ती संभावनालाई अवसरमा कसरी रुपान्तरण गर्न सकिन्छ यो अहिलेको अमेरिकामा हुर्किरहेको नेपाली युवा वर्गमा चिन्ताको विषय हो । तर यो चिन्ता केवल डायस्पोराको नेपाली युवा पुस्ताको मात्रैं होइन र हुनुहुदैंन । किनकि युवा पुस्तासम्म हाम्रो आशा, अपेक्षा र भविष्य जोडिएको छ । युवा वर्ग अमेरिकाको मुल धारमा स्थापित हुदैं यहा सफल हुन सक्दा अमेरिकामा नेपाली समुदायको परिचयमा समेत त्यसले गुणात्मक अर्थ राख्नेछ । र सगसगैं यसले गर्दा अग्रज पुस्ताले गरेको संघर्षले परिणाम दिन थाल्नेछ भन्ने हाम्रो विश्वास रहेको छ । यही मुद्दालाई केन्द्रीत गर्दै नेपाली युवा वर्गलाई अमेरिकामा सफल जिवन जिउनका लागि संभावनाहरु प्हिल्याउन गर्न सकिने प्रयासमा केही भएपनि इट्टा थप्न सकिन्छ भन्ने मुल अपेक्षा गर्दै युएनए सम्मेलन हुदैं आएको सवैंमा जानकारी रहेकै छ । लामो संघर्षपछि सफल हुने स्थापित नेपाली अग्रजहरुको अनुभवलाई यहा हुर्किरहेको नेपाली युवा समुदायमा सम्प्रेषित गर्न सक्दा मात्रैं पनि त्यसले सहयोगी भूमिका खेल्ने छ । अमेरिकामा रहेका सफल नेपाली मात्र नभई विभिन्न क्षेत्र, व्यवसाय, पेशामा स्थापित नेपाल र अमेरिका बाहिर बस्ने नेपालीको समेत सम्मेलनमा हुने सहभागिताले सम्मेलनमा युवा वर्गले धेरैं ज्ञान लिने मौका पाउनेछन् । अमेरिकामैं विभिन्न क्षेत्रहरुमा जमेका अमेरिकनहरुले समेत यो सम्मेलनमा विभिन्न माध्यमवाट सहजकर्ताको भूमिका खेल्ने हुदा यो सम्मेलन युवा वर्गका लागि मार्ग पहिल्याउन सहयोगि बन्ने निश्चित प्रायः छ । युवाको जिवनवृत्ति निर्देशनमा केन्द्रीत यस सम्मेलनका क्रममा खेलकुद प्रतियोगिता, मनोरञ्जनात्मक कार्यक्रम, अभिमुखीकरण, गोष्ठी कार्यशाला, बालबालिका लक्षित अतिरिक्त क्रियाकलाप प्रातियोगिताहरु आयोजना हुनेछन् । यस्तैं बिजनेस फोरम , युथ फोरम र ट्यालेन्ट शो सम्मेलनको आकर्षण हुनेछन् भने सम्मेलनका दौरान आप्रवासन कानुन लगायत आवश्यक विभिन्न क्षेत्रका विषयमा कानुनी सल्लाह , ब्यापार र रोजगारी सम्बन्धि जानकारी समेत दिइनेछ । स्थापना भएको तीन बर्षको छोटो अबधिमा युएनएले अमेरिका स्थित नेपाली समुदायबाट जुन माया , सद्भाव र बिश्वास पायो , त्यसले यो कन्भेसनको आवश्यकता, महत्व र व्यबहारिक पक्षलाई झल्काएको छ । भोलिको दिनहरुमा पनि पहिलाकैं जस्तैं निरन्तरता गर्ने भन्दा पनि समयक्रमसगैं विगतको कमजोरीवाट अनुभव लिदैं नया सोच र योजनाहरुलाई व्यबहारमा ढाल्नको निम्ति भरपर्दो प्लाटफर्म निर्माण गर्नु युएनएको सबै भन्दा बलियो पक्ष हो । आज सिमित जस्तो देखिएको बिकास र परिवर्तनहरु केही बर्षमा अचम्म लाग्ने गरि फेरिन्छन । आज प्राथमिकतामा पर्दै नपरेका धेरै विषयहरु केही बर्षमा आवश्यकता भएर निस्किन सक्छन । आज आवश्यक नभई नहुने जस्तो देखिएका दैनिक बिषयहरु केही वर्षमा इतिहास भएर खुम्चिन पनि सक्छन । त्यसैले गतिशिल समय, विज्ञान प्रविधिले उचाई लिइरहेको वर्तमान अवस्थामा विगतवाट सिक्नैं, वर्तमानमा त्यसमा सुधार गर्दै भविष्यको आधार निर्माण गर्नु जरुरी छ । त्यसैले युएनएले गर्न सक्ने र गर्ने भनेको सबैभन्दा बलियो र महत्व पूर्ण पाटो भनेको कुनै पनि सकारात्मक परिवर्तनहरुको सहयोगी बन्ने र सिर्जनसिल सोंचहरुलाई मौलाउन प्रेरणा र आधार दिने संस्थाको रुपमा आफ्नो उपयोगिता स्थापित गर्ने हो । एकदमै फरक उद्देश्य लिएर स्थापना गरिएको हुदा युएनएले गर्ने कार्यक्रमहरु सफल होलान त् भन्ने किसिमको जिज्ञासाहरु पनि सुनिन्छन । सबै भन्दा महत्वपुर्ण कुरा के हो भने युएनएको सफलता र असफलता सग हाम्रो युवा वर्गको लागि निर्माण गर्न थालिएको मार्ग जोडिएको छ । यसको सफलाताको मापदण्ड आर्थिक पक्षले निर्धारण गर्दैन । यदि यो सम्मेलनले दिएको प्लाटफर्मकै कारण एउटा युवा नेपाली सफल व्यापारी भयो भने , एउटा नेपाली कुनैं पेशा र क्षेत्रमा स्थापित हुन सक्यो भने, एउटा युवा युवती सफल कलाकार या खेलाडी हुन् प्रोत्साहन मिल्यो भने या कम्तिमा अमेरिकामा सफल जिवन जिउन यसले सघाउ पुग्यो भने त्यो नै युएनएको निम्ति सबैभन्दा ठुलो सफलताको मानक हुनेछ । व्यापारिक उद्देश्य भन्दा पनि सबै युवाहरुको व्यक्तित्व बिकासको निम्ति सरल र सहज माध्यम बन्नु युएनएको सबल पक्ष हो । अमेरिका भरी रहेका विभिन्न नेपाली संघ संस्थाहरुले दिएको अपार समर्थन र सहयोगको निम्ति युएनए कृतज्ञ छ । र अन्त्यमा नेपाली जनसमुदायलाई हामी के आग्रह गर्दछौं भने, हामीले गरेका कार्यक्रमहरु तपाईं हामी सबैको साझा कार्यक्रम हुन् । तपाईंहरुले दिने अमुल्य सुझाव र सल्लाह हाम्रो निम्ति संधै स्वीकार्य हुनेछन् । विभिन्न किसिमको सोच र उद्देश्य बोकेका व्यक्ति मिलेर समाज बनेको हुन्छ । यस कार्यक्रममा हाम्रो बिबेकले भ्याए सम्म सबै सोचहरुको प्रतिनिधित्व गर्ने भरपुर प्रयत्न गर्नेछौं । र यही संदेश मार्फत तपाईं र तपाइंको परिवारलाई यो बर्ष हुने युएनए सम्मेलनको निम्तो दिन चाहन्छौं । धन्यवाद ।