रंगशाला बनाउन धुर्मुस सुन्तलीले पाए प्रेसिडेन्ट ग्रुपको ठुलो सहयोग

काठमाण्डौं,बैशाख २५ । राजधानी काठमाडौँको महाराजगन्जमा खानाका पारखीहरुका लागि नयाँ रेष्टुरेन्ट “प्रेसिडेन्ट सेकुवा” सञ्चालन आएको छ ।

विभिन्न खानाका स्वादका पारखीहरुको मागलाई मध्य नजर गर्दै प्रेसिडेन्ट ग्रुप अफ होटलले आफ्नो नयाँ शाखा काठमाडौँको महाराजगन्जमा सञ्चालनमा ल्याएको हो ।

राजधानी काठमाडौँमा ७ वटा र चितवनमा १ वटा शाखासहित चर्चीच बनेको “प्रेसिडेन्ट सेकुवा” को नवौँ शाखाको चर्चीत हास्य कलाकार एवं धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलले औपचारीक रुपमा उद्धघाटन गरेका छन् ।

स्वभाविक मेनु र हाईजेनिक फुड, न्युन रकममा स्टार लेवलको सुविधा दिने उद्देश्यका साथ काठमाडौको महाराजगन्जमा नवौँ शाखा ग्राहकवर्गहरुको माग अनुसार संञ्चालनमा ल्याएको ग्रुपका अध्यक्ष शंकर भण्डारीले बताए ।

सो अवसरमा धुमुर्सले बोल्दै फरकपनसहित मौलिक खानाको स्वाद लिन चाहाने खानाका पारखीहरुलाई प्रेसिडेन्ट निकै उपयोगी हुने बताउदै नेपालीमा नै केहि गर्न सकिन्छ भन्ने उदाहरण प्रेसिडेन्ट सेकुवा भएको बताए ।
२०६३ सालदेखि सुन्धारा सञ्चालनमा आएको यो ग्रुपले अहिलेसम्म प्रत्यक्ष रुपमा १५० र अप्रत्यक्ष रुपमा धेरैलाई रोजगारको सेवा प्रदान दिदै आएको अध्यक्ष भण्डारीले बताए ।
फरक शैली पारिवारिक वातावरणमा रहेको सेकुवाले नेपालमै रोजगार सिर्जना गरी आयआर्जनमा लाग्न पनि सबैलाई अनुरोध गरेको छ ।

बजारमा सञ्चालन भइरहेका सेकुवा कर्नरहरुको भीडमा आफ्नो छुट्टै विशेषतासहित प्रेसिडेन्ट सुकुवाले आफ्नो शाखा बिस्तार गरेको ग्रुपका सञ्चालक कृष्ण भण्डारीले बताए ।
प्रेसिडेन्टको राजधानीमा ६ वटा तथा भ्याली बाहिर लुम्बिनीमा एउटा शाखा सञ्चालनमा छ । यो शाखामा विभिन्न कलात्मक आट्र्सले श्रृगारिएको छ । जसमा प्रेसिडेन्टको स्वाद लिन आउने ग्राहकवर्गहरुलाई आर्कषित गर्ने अध्यक्ष भण्डारीको दावी छ ।

सेकुवालाई विशेष प्राथमिकतामा राखेर सञ्चालन हुन लागेको प्रेसिडेन्ट सेकुवामा सबै प्रकारका खानाका पारखीहरुका लागि (मल्टी क्विजन) फेमिली रेष्टुरेन्ट सञ्चालन हुने उनले बताए ।

कार्यक्रममा काठमाडौँ महानगरका वडा ४ का वडा अध्यक्ष महेश विष्ट, ग्रुपकी सञ्चालिका लक्की भण्डारी, म्यानेजर काशी भण्डारी लगायतले रेष्टुरेन्टका बारेमा प्रकाश पारेका थिए ।

रगंशाला बनाउन ७५ हजार रुपैयाँ सहयोग साथै होटल प्रेसिडेन्ट सेकुवाले धुर्मुश सुन्तली फाउन्डेशनलाई चितवनमा रंगशाला बनाउनका लागि ७५ हजार पनि प्रदान गरेको छ ।
धुर्मुश सुन्तली फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेललाई आजै अध्यक्ष भण्डारीसहित ग्रुप परिवारले सो रकम हस्तान्तरण गरेका थिए।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv