जापानबाट आयो काठमाण्डौंमा केराको म:म ( भिडियो सहित )
काठ्माण्डौं,बैशाख २८ । हामीले कुखुरा,खसी,बन्दागोभी, लगायतका मःम पसल थुप्रै देखेका छौं तर केराका परिकार भने बिरलै पाउँछौ अझ अचम्म लाग्ला कि केराबाट पनि मःम बन्दछ भनेको सुन्दा ।
आज तपाईलाइ केराबाट पनि मःम बन्ने बारे जानकारी गराउँदछौं । काठमाण्डौं मध्य भाग शंकरदेव क्याम्पस देखि रत्नपार्क पुग्ने बाटो बिच दायाँ तिर एउटा सानो गल्ली छ । सोहि सानो गल्लिमा खुलेको मःम पसलको नाम हो बनाना मःम क्याफे अर्थात केराका परिकार पाइने ठाउँँ ।
यहाँ केराका के के परिकार पाइन्छन त आउनुहोस यसै बिषयमा तयार पारिएको यो भिडियो हेरौं :-