इन्दिरा लाछिमस्युको वाद्यकला नेवारी लोकधुन प्रस्तुत
काठमाण्डौं, जेठ १० । सांस्कृतिक संस्थानको मासिक श्रृंखलामा बाध्य-बन्दना अन्तरगत भक्तपुरकी इन्दिरा लाछिमस्युले वाद्यकला देखाएकी छिन् । बुधबार सांस्कृतिक संथानको प्रेक्षालयमा आयोजित कार्यक्रममा नेवारी लोकधुन प्रस्तुत गरेकी हुन ।
सानै उमेरदेखि संगीतकर्ममा रमाउदै आएकी इन्दिराले आफुमा भएको भरपुर सिप कार्यक्रममा प्रस्तुत गरेकी थिईन । खचाखच भरिएको प्रक्षालयमा इन्दिराको प्रस्तुतिमा दर्शक रमाएका थिए। विभिन्न नेपाली तथा नेवारी लोकधुन प्रस्तुत गर्दा इन्दिरा खुलेकी थिइन ।
धिमे बाजा बजाउने पहिलो महिलाको रुपमा परिचित रहदै आएकी इन्दिरालाई कार्यक्रममा परिवारले राम्रो साथ दिएका थिए ।
नेवारी लोकबाजा बजाएर भक्तपुरकी सानको रुपमा परिचित इन्दिरा २०५० सालदेखि संगीतकर्ममा क्रियाशील रहदैआएकी छिन ।
कार्यक्रममा पुर्वमन्त्री रघु जि पन्त, संथानका महाप्रबन्धक राजेश थापा, गीतकार सुबासचन्द्र ढुंगेल,लब्ध प्रतिष्ठित महानुभावहरुको उपस्थिती थियो । संस्थानका महाप्रबन्धक थापाले कार्यक्रममा यस्ता प्रतिभा उत्थान गर्न संस्थान सदैव लागिपर्ने बताउनु भएको थियो ।