समवेदना दिएर ओम अस्पताल पन्छियो

काठमाण्डौं, असार २ गते । चार दिनअघि ओम अस्पतालमा पित्तथैलीको पत्थरीको उपचारका क्रममा मृत्यु भएकी महिलाको सहमतिपछि शव उठाइएको छ ।

आइतबार पीडित पक्षलाई अस्पतालको तर्फबाट मृतकप्रति समवेदना प्रकट गर्दै अस्पताललाई तिर्न बाँकी रकम मिनाहा गर्ने सहमति भएको ओम अस्पतालले जनाएको छ । उक्त सहमतिपछि आफन्तले रामप्यारी थापाको शव बुझेका छन् ।

अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्की, मृतकका आफन्त मोहन थापा तथा गौशाला प्रहरीको रोहबरमा बसी प्रहरी कार्यालयमा वार्ता भएको थियो ।

सिन्धुपाल्चोक इन्द्रावती–१० की ५० वर्षीया रामप्यारी थापाको ओम अस्पतालको सघन उपचार कक्षमा उपचारका क्रममा बिहीबार मृत्यु भएको थियो ।

पीडित पक्षले अस्पताल परिसरमा ४ दिनदेखि धर्ना दिँदा अरु बिरामीलाई समेत असर परेको भन्दै आइतबार प्रहरीले अस्पतालबाट लाश उठाएपछि धर्नामा बस्नेहरु तितरबितर भएका र वडा कार्यालयले वार्ता अस्पतालमा हैन प्रहरी प्रशासनमा गर्नुस् भनेर दुवै पक्षलाई सहजीकरण गरेका कारण वार्ता सफल भएको अस्पतालले जनाएको छ ।

वार्ता टुंगिएलगत्तै रामप्यारीको हिन्दु परम्पराअनुसार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको रामप्यारीका बैनी ज्वाइँ खड्ग श्रेष्ठले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो । दैनिक धर्नाका विषयलाई लिएर स्वास्थ्य मन्त्रालय र नेपाल मेडिकल काउन्सिलले समेत अस्पताल प्रशासनको ध्यानाकर्षण गराएपछि सहमतिमा पुगेको बुझिएको छ । आजको समाचार पत्र दैनिकमा खबर छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv