यी हुन्बेनीका प्रशान्त सुवेदीले सबैभन्दा उत्कृष्ठ जिपीए ल्याए
काठमान्डौं,असार १२ । माध्यमिक शिक्षा परीक्षा (एसईईमा) बेनीका प्रशान्त सुवेदीले सबैभन्दा उत्कृष्ठ जिपीए ल्याएका छन् । उनले चार जीपीए ल्याएर उत्कृष्ठ नतिजा निकालेका छन्। राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको नतिजाअनुसार काठमाडौका मनमैजुमा रहेको एन्जल्स हार्ट आवासीय माविबाट एसईई दिएका प्रशान्तले ४ मा ४ जीपीए ल्याएर उत्कृष्ठ नतिजा निकालेका हुन् । उनको एसईई सिम्बोल नं। ०२९६४२२ भि हो ।
नजिता प्रकाशित भएपछि सुवेदीका अभिभावक र विद्यालयले उनी एसईईमा देशभरबाट बढी जीपीए ल्याएको दाबी गरेका छन् । सोचेभन्दा राम्रो नतिजा आएपछि १६ वर्षीय सुवेदी पनि निकै उत्साहित भएका छन् ।
काठमाडौमा बसेर विज्ञान विषय पढ्नका लागि तयारी कक्षामा समेत सहभागी भइसकेका प्रशान्तले भविश्यमा चिकित्सक बन्ने योजना रहेको सुनाएका छन् । बेनी आवासीय माविमा कक्षा ७ सम्म अध्ययन गरेका प्रशान्त आठ कक्षा पढ्न एञ्जल्स हार्ट गएका थिए।
उनका बुवा रामप्रसाद र आमा प्रभा बेनीमा फेन्सी व्यवसाय गर्छन् । छोराले एसईईमा ल्याएको नतिजाबाट अत्यन्तै उत्साहित उनीहरुले सामाजिक सञ्जालमा पनि खुसि साटेका छन् ।