धनगढी विस्फोटका एक जना घाइते सिंहको उपचारका क्रममा मृत्यु

धनगढी,साउन ३ । कैलालीको धनगढी उपमहानगरपालिका–४ शहीद गेटस्थित निलम होटलमा विहिवार भएको बम बिष्फोटमा परी घाईते भएका राम सिंहको मृत्यु भएको छ । सिंहले भिरेको झोलाभित्र रहेको बम भित्तामा अढेस लगाउँदा प्रेसरले पड्किएको हुनसक्ने प्रहरीको अनुमान छ । उनलाई उपचारका लागि तत्काल बाहिर लैजानु पर्ने भए पनि बाहिर लैजान नसकेपछि उनको धनगढीस्थित माया मेट्रो अस्पतालमै उपचारका क्रममा राति सवा ११ बजे मृत्यु भएको हो ।

सिंह बझाङको चैनपुरका बासिन्दा भएको प्रहरीले जनाएको छ । बिष्फोटमा परी घाईते भएका अरु चार जनाको माया मेट्रो अस्पतालमै उपचार भईरहेको छ । विस्फोटमा विप्लव नेतृत्वको नेकपाका कार्यकताको संलग्नता देखिएको प्रहरीले जनाएको छ । विष्फोटमा परी बझाङ घर भएका ३५ वर्षीय सिंह सहित कञ्चनपुरको बेलडाँडी गाउँपालिका–५ का लक्ष्मण सेरेला, होटल छेउमै ग्यारेज गरी बसेका भारतको लखिमपुर जिल्लाका मोबिन खान, धनगढी उपमहानगरपालिका–४ का जितेन्द्र यादव र होटल मालिक केशवराज पाण्डे घाइते भएका हुन्।

ग्यारेज सञ्चालक खान र जितेन्द्र यादव होटलमा चिया खान बसेका थिए। यादव पशुपंक्षी व्यवसायी संघका कैलाली जिल्ला अध्यक्ष हुन्। यादवको शरीरभरी छर्रा लागेको छ भने खानको मुखमा ठूलो चोट छ। घाइतेमध्ये अझै लक्ष्मण सेरेलाको अवस्था गम्भीर छ।

राम सिंहको कम्मरमुनीको पूरै मासु झरेको थियो भने लक्ष्मणको शरीरभरी चोट लागेको छ। दुबैजनालाई धनगढीको माया मेट्रो अस्पतालले रेफर गरेको भए पनि अन्यत्र अस्पतालमा लैजानुपर्ने अवस्था नभएपछि त्यहीँ उपचार गरिएको हो ।

प्रत्यक्षदर्शी होटल सञ्चालक पाण्डेका अनुसार होटलमा चिया खाने बहानामा आएका राम सिंहको झोलामा भएको वस्तु विष्फोट भएको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक सुदीप गिरीले पनि राम सिंहले बोकेको झोलामै राखेको वस्तु विष्फोट भएको बताएका छन्।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv