नक्कली र सक्कली दुध थाहा पाउने घरेलु सजिलो उपाय
काठमाण्डौ,साउन । नक्कली र सक्कली दुध थाहा पाउने केही सजिलो उपाय हामीले यहाँ प्रस्तुत गर्न गएका छौं । दुध बालबालिका वा बृद्ध, युवा सबैलाई नभइ नहुने खाद्य पदार्थ हो । हामी सबैको भान्छामा पुग्ने दुध कत्तीको सुद्ध छ भनेर जान्नु उत्तीकै आवश्यक छ । तसर्थ अरू नसके पनि आम उपभोक्ताले आफू सचेत हुन भने अवश्य पनि सक्छन् ।
नक्कली दूधले लाभको सट्टा हानि गर्छ । यसकारण दैनिक उपभोगमा ल्याइने दूध शुद्ध छ कि छैन जाँच्नु आवश्यक छ । जाँच्ने कसरी त रु राम्रोसँग जाँच्न त प्रयोगशालाकै आवश्यक पर्ला तर पनि मोटामोटी रूपमा घरेलु तरिकाबाटै दूध शुद्ध भएनभएको थाहा पाउन सकिन्छ ।
सुँघेर : सुँघेर पनि दूधको शुद्धता थाहा पाउन सकिन्छ । दूधमा साबुनको जस्तो गन्ध आएको छ भने त्यो सेन्थेटिक दूध हो भन्ने कुरामा थप जाँच गरिरहन आवश्यक छैन ।
चाखेर : थोरै काँचो दूधलाई हत्केलामा लिएर केही बेर रगडी जिब्रोमा लगाउने । यसरी लगाउँदा सक्कली दूध हो भने हलुका मिठास आउँछ ।
हत्केलामा रगडेर : नक्कली दूध हत्केलामा रगड्दा अलिअलि चिप्लोपन महसुस हुन्छ । दूध सक्कली छ भने त्यस्तो किसिमको चिप्लोपन थाहा हुँदैन ।
रंग हेरेर : सक्कली दूध उमाल्दा त्यसको रंग परिवर्तन हुँदैन तर नक्कली दूध हलुका पहेँलो बन्दछ । नउमालिकन त्यत्तिकै राख्दा पनि नक्कली दूधको रंगमा केही परिवर्तन देखा पर्छ ।
फिँजअनुसार : कतिपय अवस्थामा लुगा धुने सर्फबाट पनि नक्कली दूध बनाएका हुनसक्छन् । एउटा सिसाको पारदर्शी सिसीमा अलिकति दूध राखेर केही बेर हल्लाउँदा त्यसमा धेरै नै फिँज देखियो र त्यो निकै बेरसम्म रहिरह्यो भने पनि उक्त दूध नक्कली हो र त्यसमा वासिङ पाउडर मिसाइएको रहेछ भन्ने थाहा हुन्छ ।