बाहिर निस्कदै हुनुहुन्छ होसियार
काठमाण्डौं,साउन ११ । जल तथा मौसम पूर्वानुमान महाखाले मनसुनी गतिविधि सक्रिय हुने क्रम विस्तारै कम हुँदै गएको जनाएको छ। मनसुनको न्यून चापिय रेखा नेपालको तराई भु-भागभन्दा दक्षिणतिर रहेकोले मनसुन गतिविधि कमजोर हुने भएपछि वर्षा पनि कम हुने मौसमविदले बताएका छन्।
शनिबार देशभर सामान्य बदली रहि देशका केहि स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले सामान्य बदली भई देशका केहि स्थानमा वर्षा भइरहेको छ।