सन्नीले वरुणलाई फोन नम्बर दिएपछि एक पुरुष अदालत जाने
एजेन्सी,साउन १८ । सन्नी लियोनको फिल्मन अर्जुन पटियाला रिलिज भयो । फिल्ममा एक सिन यस्तो छ कि, सहायक अभिनेता वरुण शर्मालाई सन्नीले आफ्नो मोवाइल नम्बर दिन्छिन् । तर त्यो फोन नम्बर एक जना युवकसंग मिल्छ । दिल्लीको मौर्या इन्क्लेबमा बस्दैआएका पुनित अग्रवालको फोन नम्बर सन्नीले वरुणलाई दिन्छिन् । त्यसपछि ति २७ वर्षीय युवक पछिल्लो केही दिनयता फोन रिसिभ गर्दैमा हैरान छन् । उनको दैनिकी नै अस्तब्यस्त भएको छ ।
यतिसम्म कि, पछिल्लो ३ दिनको अवधिमै उनले देश र बाहिरबाट समेत ४ सय भन्दा धेरै फोन रिसिभ गरेका छन् । सबैले सन्नीसंग कुरा गर्न चाहेको बताउँछन् । अधिकांश मानिसले सन्नी लियोनसँग कुरा गर्नका लागि मलाई रात दिन फोन गरेको बुझिएको छ ति युवकले भने ।
उनी यति हैरान भए की अब अदालतको सहारा लिने भएका छन् । अग्रवालले यसबारे प्रहरीकहाँ उजरी दिएपनि प्रहरीले चासो नर्दिपछि उनी अदालत जाने निधोमा पुगेका छन् । पुनित एक प्राइभेट कम्पनीमा काम गर्छन् ।
फिल्ममा सन्नीले दिएको त्यो नम्बर सन्नीको नभएर तिनै युवा पुनितको परेपछि अहिले उनले हैरानी खेप्नु परेको छ । गत शुक्रबारदेखि नै उनलाई तारन्तार फोन आइरहन्छ । तीन दिनसम्म लगातार फोन आएपछि उनी अदालतमा जाने निधो गरेका हुन् । ह्वाट्सएप, भाइबर लगायत सञ्जालमा समेत फोन गरी सन्नीसँग कुरा गर्न चाहेको भन्न थालेपछि ती युवक हैरान भएको बताउँछन् ।