साङ्ला मार्ने अचुक उपाए

तपाईं हाम्रो घरका कोठाहरु, भान्सा, बाथरुम लगायतको स्थानमा ओसको मात्र बढी हुँदा साङ्लाहरुलाई उत्पादन हुन्, हुर्किन, सजिलो हुन्छ | साङ्लाहरुको बास नै भान्सामा खाने कुरा भएको ठाउँमा बढी हुने गर्दछ |

साङ्ला भगाउन या मार्नका लागि बजारमा थरि थरिका रासायनिक औषधि पाइन्छन | तर, यी औषधिघरु स्वास्थ्यका लागि हानिकारक हुन्छन | घरमा साना बच्चा छन् भने रासायनिक औषधि होइन, घरेलु उपाय नै अपनाउनुहोस् |

साबुनको झोल

साङ्ला मार्ने सबैभन्दा उत्तम उपाय साबुनको झोल हो |साबुन या स्याम्पुको झोलले सबैभन्दा छिटो र सजिलो किसिमले साङ्ला मर्ने गर्दछन् |

साङ्लाको शरीरमा साबुनको झोल परेपछि यसले बाहिरबाट हावा लिन पाउदैन | स्वास फेर्न छालाको साहाराले हावा लिने भएकोले शरीरमा साबुनको झोलले बन्ने परतका कारण साङ्ला श्वास लिन नसकी छटपटीएर मर्छन् |

के गर्ने ?

एउटा भाँडोमा नुहाउने साबुनको झोल तयार गर्नुस | स्याम्पु मिसाउदा पनि हुन्छ | साङ्लाहरु भएको स्थानमा यो झोल छर्किने |साङ्लाहरु भाग्न नपाउन् भनेर चारैतिर झोलको अलि चौडा घेरा बनाउँदा पनि हुन्छ
अब यो झोल साङ्लामाथि छर्किने | साङ्ला भाग्न खोज्छन् | केहि मर्छन् | भाग्न खोजेका साङ्लामाथि यो झोल छार्किदै जाने | लुगा धुने साबुनभन्दा नुहाउने साबुन डिटोल झोलले यो छिटो मर्छन् |

तेजपत्ताको प्रयोग

तेजपत्ताको गन्धसंग कक्रोच भाग्ने गर्छ | त्यसैले केहि पत्ता कक्रोच धेरै बस्ने कुनामा राखीदिनुहोस् | यसको गन्धले कक्रोच आँफै भाग्ने गर्दछन | तर एउटा पत्ताले लामो समय काम नगर्ने भएकोले केहि हप्ताको अन्तरमा त्यसलाई बदल्नु पर्दछ |

सोडा र चिनी कचौरामा बराबर मात्रामा सोडाको धुलो र चिनी मिसाएर कक्रोच धेरै बस्ने ठाउँमा राख्नुहोस | चिनीको गुलियोले कक्रोचलाई आकर्षित गर्छ, त्यसलाई खाएपछि सोडाले मार्ने काम गर्छ | समय-समयमा यसलाई पनि परिवर्तन गरि राख्नु पर्छ |

ल्वाङ्ग

ल्वाङ्गको गन्ध ल्वाङ्ग पनि कक्रोच भगाउने उत्तम उपाय हो | कक्रोच धेरै लाग्ने ठाउँमा ल्वाङ्गका केहि टुक्रा अथवा धुलो राखिदिनुहोस | यस उपायबाट कक्रोच भाग्छ |

मट्टीतेल

मट्टीतेलको प्रयोगले पनि कक्रोच भगाउन सकिन्छ | तर, यो प्रज्वलनशील पदार्थ भएकोले निकै सजगता अपनाउनु जरुरि छ |

ओसमुक्त राख्नुहोस्, ओसिलो स्थान कक्रोचका लागि निकै अनुकुल मानिन्छ | त्यसैले तपाईंले आफ्नो कोठालाई ओसमुक्त राख्नु भयो भने पनि कक्रोचबाट केहि हदसम्म मुक्ति मिल्छ |



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv