हिरासतबाट निकालेको पाँच मिनेटमै घटनामा मेरो संलग्नता नभएको प्रमाणित गर्न सक्छु : रवि लामिछाने (भिडियो सहित )

बुधबार दिउँसो पत्रकार रवि लामिछनेको श्रीमती निकिता पौडेल काठमाडौं महानगरीय प्रहरी परिसरमा शालिकरामको खिचिएको भिडियो सक्कली नभएको भन्दै उजुरी दिन गएकी थिइन् तर, प्रहरीले उक्त घ टना चितवन प्रहरी र सिआईबिको टोलीले अनुसन्धान गरिरहेको भन्दै उजुरी लिन अस्वीकार गरेको थियो ।

हिरासतमा रहेका रवि लामिछानेले आफू रिहा भए पाँच मिनेटमै घ टनामा आफ्नो संलग्नता नभएको प्रमाणित गर्न सक्ने बताएका छन् । रविकी श्रीमती निकिता पौडेलको फेसबुक स्टाटसमार्फत रवि लामिछानेले यस्तो बताएको उल्लेख गरिएको छ । फेसबुक स्टाटसमा लेखिएको छ, “यो घ टनालाई लिएर प्रहरीले मलाई पाँच वर्ष नै थुन्ने नियत देखाएको हुँदा देश तथा विदेशमा रहनुभएका मेरा सम्पूर्ण शुभचिन्तकहरुलाई म के भन्न चाहन्छु भने मलाई हिरासतबाट निकालेको पाँच मिनेटभित्रै यो घटनामा मेरो कहि कतै संग्लनता छैन भनेर म प्रमाणित गर्न सक्छु ।”

शालिकराम पुडासैनीको घ टनाको बिषयमा मैले प्रहरीलाई अनुसन्धानमा सघाउ पुर्याउछु भनेको थिए र पाँचौ दिन सम्म हिरासतमा रहदा मैले मेरा तर्फबाट पूर्ण रुपमा प्रहरीलाई सहयोग गरे पनि । म, र मेरा सहकर्मी युवराज कडेल र यो घ टनामा नाम जोडिएकी अस्मिता कार्की रुकुको बयान लिए पश्चात यो घ टनामा हाम्रो कहि कतै संग्लनता नदेखिएको पोईन्ट वाईज स्पष्ट भईरहेको बेला फेरी पाँच दिनको म्याद थप्दै प्रहरीले चलाएको कदम हामीलाई फसाउँने गरी सुनियोजित र नियतपूर्ण रहेको स्पष्ट पार्न चाहन्छु । पाँचौ दिन सम्म मैले प्रहरीसँग आफू सुरक्षित रहेको महसुश गरेको थिए तर आजबाट भने म प्रहरीसँगै नै असुरक्षित भएको महसुश गरेको छु ।

बयानका लागि मेरा भनाई समावेश गरिरहदा म हिरासतबाटै केही प्रश्नहरु पनि गर्न चाहन्छु । जव, कि प्रहरीको बर्दी लगाएका बेला एसपी दानबहादुर मल्ल जीले शालिकजीको भिडियो म्यासेज प्रहरीसँग मात्र सुरक्षित रहेको दाबी गरिरहेका बेला उक्त भिडियो को, बाट कसरी लिक गरियो भन्ने बिषयमा अनुसन्धान अगाडी बढाउँनु पर्ने थियो कि थिएन ? र अर्को कुरा यदि त्यो भिडियो परिवारबाट बाहिरिएको हो भने परिवारलाई पनि उक्त भिडियो सार्वजनिक भएको बिषयमा सोधपुछ गर्नु पर्छ कि पर्दैन ?

तसर्थ अन्य तर्फको अनुसन्धान अगाडी बढाउँनु पर्नेमा अनुसन्धानका लागि भन्दै प्रहरीले मेरो फोनको कल डिटेल निकाल्न समय लगाएको बिषयमा पनि म प्रश्न गर्न चाहन्छु । प्रहरीले दुई दिन भित्रै कल डिटेल सजिलै निकाल्न सक्छ तर मलाई फसाउँने नियत सहित समय लम्बाएको बिषयमा मैले आफूलाई यहाँ भित्र असुरक्षित रहेको महसुश गरेको हुँ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv