दसैंको घटस्थापनामा सार्वजनिक बिदा

सरकारले दसैंको घटस्थापनामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गण्डकी प्रदेश सरकारले यही असोज १२ गते परेको घटस्थापनाको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।यसअघि घटस्थापनाको दिनमा दिइँदै आएका बिदा संघीय सरकारले काटेको थियो।

क्षेत्री समाज नेपालसहितका संघ/संस्थाहरुले दशैँ सुरु हुने घटस्थापनाका दिन सार्वजनिक बिदा दिनुपर्ने माग राख्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ज्ञापनपत्र नै बुझाएका थिए।

केन्द्र सरकारको निर्णयबाहेक प्रदेश सरकारलाई थप ६ दिन बिदा गराउन पाउने सुविधा छ। घटस्थापनाको दिन बिदा दिने निर्णय चौथौ हो। यसअघि माघे संक्रान्ति, ल्होछार लगायतमा पर्वमा बिदा दिइएको थियो।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv