छोरीले गरिन बाबुको काजक्रिया
झापा,असोज २९ । हल्दिवारी गाउँ पालिका स्थित बाहुनढोकामा बाबुको काजक्रिया छोरीहरुले गरेका छ्न ।
बाबुआमाको मृत्यु पस्चात छोराहरूले मात्र काज कृया गर्नु पर्ने भएपनी हल्दिवारी गाउँ पालिका ५ बस्ने ४९ बर्षिय कृस्ण प्रसाद सुहाङ्गको फुलपातिको दिन असामान्य निधन भएपछि मृतक सुहाङ्गका तिन छोरिहरु र श्रीमतीले लिम्बु परमपरा अनुसार काम गरेको स्थानीय लिम्बु फेदाङ्ग्वा भिम माबो बताउछ्न ।
स्वर्गीय पिताको काजक्रिया छोरीहरु सलिना ,सृष्टि ,नुमाले गरिरहेका छ्न भने कान्छी छोरी लक्ष्मी ३ बर्ष मात्र भएको हुनाले दिदिहरु र आमा सगै रहेकी छ्न
मृतक सुहाङ्गकि धर्मपत्नी कृस्णमाया सुहाङ्गको सल्लाह अनुसार नावालक तिन छोरीले बाबुको काजक्रिया गरेर आमाबुबा को काजकिरिया छोराहरुले मात्र गर्नु पर्छ भन्ने अन्धविश्वास लाई तोडदै एउटा उदाहरणिय काम गरेका छ्न ।
मृतक सुहाङ्गको फुलपातीको दिन निधन भएपनी उनकी धर्मपत्नी युरोप रहेकोले २३ गते कन्काई माईमा अन्तेस्टी गरि निजको निजि निवास हल्दिवारीमा हाल काजक्रिया गरिरहेको पारीवारिक श्रोताले जानकारी दिएको छ । यो समाचार आमसंचारका पत्रकार नेन्र बिमलीले लेखेका हुन