एनआरएन को मतदान पुन: आज १० बजे देखी सुरु हुने
काठमाडौँ – गैर आवासीय नेपाली संघ (एनआरएनए) को ९ औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वको लागि भएको मतदान भोटिङ मेसिनले काम नगरेपछि स्थगित भएको छ । मतदान स्थगित भएपछि मतदान स्थलमा नाराबाजी भएको छ ।
एक जना मतदाताले मतदान गरेपछि मेसिन बिग्रिएको निर्वाचन कमिटीका एक सदस्यले जानकारी दिएका छन् । भोटिङ मेसिन बनाएपछि बिहीबार बिहान १० बजेदेखि मतदान प्रक्रिया पुन : सुरु हुने ति सदस्यले जानकारी दिए ।
एनआरएनएको अध्यक्ष पदमा कुमार पन्त र कुल आचार्य चुनावी मैदानमा उत्रिएका छन्। महाधिवेशनमा ४१ पदका लागि ७५ जनाले मनोनयन दर्ता गराएका छन्।