राष्ट्रपति भण्डारी म्यानमारबाट सोझै जापान जाने, जापानी प्रधानमन्त्री र भारतीय राष्ट्रपतिसँगको भेट तय
काठमाडौं, कात्तिक १ । म्यानमारको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी त्यहाँको भ्रमण सकेर सिधै जापान प्रस्थान गर्ने भएकी छिन ।
राष्ट्रपति भण्डारी जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा कार्तिक ३ देखि ५ सम्म जापानको भ्रमण गर्ने्छिन ।
जापानका राजा नुरुहितोको राज्याभिषेकमा सहभागी हुन भण्डारी जापान जान लागेको परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति निकालेर जनाएको छ।
नुरुहितोको राज्याभिषेक असोज ५ गतेका लागि तोकिएको छ। राज्याभिषेक समारोहमा सहभागी भएपछि राष्ट्रपति भण्डारी राजा नुरुहितोले आयोजना गर्ने भोजमा सहभागी हुनेछिन्।
भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले भारतका राष्ट्रपति रामनाथ कोविन्द र जापानका प्रधानमन्त्री सिन्जो आवेसँग भेटघाट गर्ने्िछन्।
त्यस्तै नेपाली दूतावासले उनको सम्मानमा आयोजन ागर्ने स्वागत समारोहमा पनि राष्ट्रिपति सहभागी हुनेछिन् ।
राष्ट्रपति भण्डारीको भ्रमण टोलीमा गृहमन्त्री रामबहादुर थापा, राष्ट्रपति र परराष्ट्र मन्त्रालयका उच्च अधिकारी सहभागी हुनेछन्। राष्ट्रपति भण्डारी कार्तिक ६ गते काठमाडौं फर्किनेछिन्।